शुक्लाफाँटा नगरपालिका ८ बाट बच्चा चोरीको आशंकामा चार जना पक्राउ गरिएपछि स्थानीयले गाउँमा आउने अपरिचित व्यक्तिमाथि निगरानी बढाएका छन् । स्थानीयले टोल टोलमा समूह बनाएर अपरिचित व्यक्तिमाथि निगरानी गरिरहेका छन् ।
शुक्लाफाँटाको पिल्लरी र बेलडाँडीमा सुनका गरहगनामा जलप लगाउने भन्दै सोमबार पुगेका तीन भारतीय सहित चार जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । उनीहरुले ६ वर्षिय बालकलाई वेहोस बनाएर जङ्गलतर्फ लैजान लागेपछि नियन्त्रणमा लिएको दावी गरेका छन् । ती बालकलाई वेहास बनाउनु अघि उनीहरुले चकलेट र ५ रुपैँया दिएको स्थानीको भनाई छ ।
स्थानीयले नियन्त्रणमा लिएपछि पक्राउ गरिएका सबै प्रहरी हिरासतमा राखिएका छन् । उनीहरुले आफूहरु सुनका गरगहनामा जलप लगाउन वस्तीमा गएको प्रहरीलाई बताएका छन् ।
शुक्लाफाँटा नगरपालिका ८ का अध्यक्ष बहादुर सिह महराले शंकास्पद चार जना पक्राउ परेपछि स्थानीयले अपरिचित व्यक्तिमाथि निगरानी बढाएको बताए । ‘हिजोको त्यो घट्नापछि गाउँमा आउने सबै नयाँ मान्छे निगरानीमा राखिएका छन्’ उनले भने,‘त्यसका लागि सबै टोलमा स्थानीय आफैं खटिएका छन् ।’
यस अघि सोमबार पनि गाउँमा आएका ती चार जनाको व्यवहार शंकास्पद देखिएपछि स्थानीयले उनीहरुमाथि निगरानी गरेका थिए । स्थानीयको निगरानीपछि उनीहरु नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको हो ।
स्थानीयले उनीहरुमाथि हरिश भुलका ६ वर्षिय छोरालाई चकलेट र ५ रुपैँया दिएर फकाउन खोजेको र त्यो नमानेपछि औषध खुवाएर बेहास बनाएपछि नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।
बालकलाई बेहोस बनाएपछि उनीहरुलाई स्थानीयले बेलडाँडी र पिल्लरीबाट नियन्त्रणमा लिएको हो । वस्तीमा आएपछि उनीहरु दुई दुई जनाको समूह बनाएर छुट्टिएका थिए ।
सुनका गहनामा जलप लगाउन भन्दै गाउँमा आएको बताएपछि स्थानीयले सुरुमा उनीहरुकाे व्यवहार शंकास्पद लागेको थियो । त्यसपछि उनीहरुमाथि स्थानीयले सबै वस्तीमा निगरानी बढाएका थिए । उनीहरुलाई विहान ११ बजे पक्राउ गर्न अघिदेखि स्थानीय उनीहरुलाई पछ्याउन थालि सकेका थिए ।
अध्यक्ष महराका अनुसार वस्तीमा सुनका गहनामा जलप लगाउने भनेर उनीहरु पहिलो पटक देखिएका हुन् । यस अघिसम्म वस्तीमा सुनका गहनामा जलप लगाउने भनेर कोही पनि नआएको महराले बताए ।
‘अहिलेसम्म कोही पनि जलप लगाउन आएका छैनन्, पहिलो पटक आएका हुन्’ उनले भने,‘गरीब वस्तीमा सुनका गहना टल्काउने भनेर आएपछि स्वतः शंकाका परि हाले ।’
शुक्लाफाँटा नगरपालिका ८ का यी दुबै वस्तीमा अधिकाँस वासिन्दा आर्थिक रुपमा कमजोर रहेका छन् । पिल्लरीफाँटा जङ्गल अतिक्रमण गरी सुकुम्बासीलाई बसाएको वस्ती हो । यी दुबै वस्तीमा वासिन्दा मजदुरी गरी जीविका चलाउँदै आएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया