Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज १६ गते आइतबार

महेन्द्रनगरमा खसिबाेका बिक्रिकेन्द्र नहुदा टाढाका किसान मारमा, माग भएमा सहयाेग गर्न प्रदेश सरकार तयार ।

देशैभर समेत कंचनपुरको महेन्द्रनगर सहित आसपासका बजार गाँउघरतिर दशैँ तिहारको चहल पहल बढेको छ । बजार क्षेत्रमा आवश्यक पर्ने खसी बाेका ल्याएर छिमेकी जिल्ला डडेल्धुराको भित्रीमधेशबाट किसान बाख्रा ल्याएर महेन्द्रनगर सहितका आसपासका बजारमा आएका छन । 

घरमै पालेका अन्य छिमेकीका बाख्रा ल्याएर बिक्रि वितरणका लागि महेन्द्रनगरको बजार आएपनि उनीहरुका खसीबोका बिक्रि वितरण हुन सकेका छैनन् । उचित दाम नपाएपछि उनीहरुले सस्तोमै बिक्रि वितरण गरेका छैनन । जिउँदै खसी प्रतिकिलो ५सय र बोका ५सय ५०मा मुल्य निर्धारण गरेका छन । 

चार दिन अघि खसीबाेका बेच्नका लागि डडेल्धुराको परशुराम नगरपालिका ८ कर्रानीबाट महेन्द्रनगर पुगेका गौरी धामी खसीबाख्रा बिक्रि नभएपछि हैरान भएका छन । ‘दशौँ तिहारको खर्च जोह गर्न र घरयासी खर्च जुटाउनका लागि नगदमै बाख्रा बेच्नका लागि महेन्द्रनगर आएका हौँ, ‘उनले भने, ‘अपेक्षा अनुरुप बिक्रि हुन सकेका छैनन, बिक्रि गर्ने र बस्ने ठाउँ अभावले थप समस्या भएकाे बताए ।

महेन्द्रनगरमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तु तथा सेवा बिक्रि वितरण स्थल नभएपछि उनीहरुको बस्ने ठेगान पनि नहुँदा हैरान भएका छन ।

परशुराम नगरपालिका ८ कर्रानीकै अर्का स्थानीय मान बहादुर बोहराले पनि गाँउबाट आएको चार दिनवितिसक्दा पनि एक खसीबोका समेत बिक्रि नभएको दुखेसो पोखे । ‘हामी गाँउबाट आएको दिनदेखि अहिलेसम्म एक खसीबाेका ससेत बिक्रि भएको छैन, ग्राहकआउँछन, हेर्छन, सोधेर जान्छन ।’ कृषिजन्य पदार्थ बिक्रि वितरणका लागि केन्द्र नहुँदा एकातिर किसान मारमा अर्कातिर उपभोक्ताले स्वच्छ मासु उपभोगबाट बञ्चित भएका छन । बाख्रा किसान धामी र बोहरा जस्तै दर्शनौँ किसान बाख्रा बिक्रिका लागि महेन्द्रनगर आएका छन । 

कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष बिशाल सोनारले किसानले उत्पादन गरेको कृषि उपजबस्तु बिक्रि वितरणका लागि सरकारी निकायसंग समन्वय गरेर केन्द्र बनाउने बताए । ‘कृषिउपज बस्तु तथा सेवा बिक्रि वितरणका लागि केन्द्र भएपनि सहजै किसान र उपभोक्तार्ई खरिदबिक्रिका लागि सहज बनाउँछौँ, ‘अध्यक्ष सोनारले भने, ‘यसमा सरकारी निकायबाट सहयोग हुनुपर्छ ।’ 

सुदूरपश्चिम प्रदेश सरकारले किसानले उत्पादन गरेका कृषि उपज बिक्रि वितरणका लागि सम्बन्धीत पालिकाबाट हाट बजारको माग भए बजेट दिने जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन सिह धामीले किसानले उत्पादन गरेका बस्तु तथा सेवा बिक्रि वितरणका लागि हाट बजार मार्फत सहज बिक्रि वितरणका लागि मन्त्रालयले स्थानीय तह भीमदत्त नगरपालिका मार्फत कृषि उपज बिक्रि केन्द्र निर्माण भएसंगै किसानका बस्तु तथा सेवा खपत हुने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>