Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ असोज १८ गते मङ्गलबार

बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी हिमसागरलाई

बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी हिमसागर युवा क्लबले चुमेको छ । प्रमुख विजेतका लागि प्रतिस्पर्धी प्रगति एकता समाजलाई हराउँदै उपाधी चुमेको हो ।

कालिका मन्दिर समितिले आयोजनामा घटस्थानादेखि संचालन भएको खुला फुटबल प्रतियोगितामा हिमसागरले प्रगति एकता समाजलाई १ का बिरुद्धमा २ गोलले पराजित गर्दै बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी चुमेको छ ।

     
प्रतियोगिताको उत्कृष्ट गोलक्षक हिमसागरका दिनेश जोशी र उत्कृष्ठ खेलाडी आकश तामाङ्ग , उत्कृष्ट डिफेन्स प्रगाति एकता का दीपेन्द्र भट्ट र सर्वाधिक गोलकर्ता सिद्धार्थ युवा क्लबका शेखर ओखेडा भएका छन्। उनलाई ट्रफी प्रमाण-पत्र मेडल पुरस्कार प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमका विच विजेता हिमसागर र उपविजेता प्रगति एकता समाजलाई पुरस्कार वितरण गरिएको हो।

विजेता हिमसागरलाई ५१ हजार १ सय, उपविजेता प्रगति एकता समाजलाई २५ हजार, १ सय नगदका साथै ट्रफि, प्रमाण पत्र वितरण गरिएको छ । हरेक बर्ष दशौँका बेला बेलडाँडी गाँउपालिका २ रौलेश्वरी मावि प्राङगणमा फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रको पहिचान बनाएको छ ।
कालिका मन्दिर समितिका सचिव बीर बहादुर बडुवालले हरेक बर्षको निरन्तरताका साथै खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । फुटबल प्रतियोगिताका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा अपेक्षा राख्दै गाँउपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बिशिष्ठ अथिति गाँउपालिका उपप्रमुख शान्ति नाथले खेल क्षेत्रको विकास गर्नका लागि आफ्ना तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालको अध्यक्षमा भएको कार्यक्रममा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । बेलडाँडी गाँउपालिका २ कालिका मन्दिर छेउमै रहेको रौलेश्वर माविको प्राङगणमा रहेक बर्ष फुटबल प्रतियोगिताले बेलडाँडीमा एकातिर खेलकुद र अर्कातिर धर्म संस्कृतिले निरन्तरता पाएको छ । दर्शक र दर्शनार्थीलाई भरपुर मनोरन्जन भईरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>