आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन । बिहीबार कञ्चनपुरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका हुन । मुख्य निर्वाचन अधिकृत सहित दुई निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन ।
क्षेत्र १ को बेलौरी, २ को शुक्लाफाँटा झलारी र ३को भीमदत्त नगर महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका हुन । १को बेलौरी नगरपालिका ६पुरानो भवन, २को शुक्लाफाँटा नगरपालिका ४कालिका मावि असैनाको भवन र ३को भीत्तदत्त नगरपालिका ४ महेन्द्रनगर जिसस कञ्चनपुर हलमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन ।
कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार जयन्ती अवस्थीले भीमदत्त नगरपालिका ४महेन्द्रगर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित क्षेत्र नम्बर ३को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताईन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल, मुख्य निर्वाचन अधिकृत धुव्र प्रशाद शाह, निर्वाचन अधिकारी उदयराज जोशी सहितका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र १मा कृष्ण प्रशाद नेपाल, २ मा मोहनी प्रशाद जोशी सहितका अधिकारीको उपस्थिति रहेको थियो । कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश धुव्र कुमार शाहलाई निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेबारी दिएको छ ।
उपसचिवद्वय मोहन प्रशाद जोशीलाई क्षेत्र २को निर्वाचन अधिकृत र कृष्ण प्रशाद नेपाललाई क्षेत्र १को निर्वाचन अधिकृतको जिम्मेबारी दिईएको छ । यस पटक निर्वाचन अधिकृतको कार्यालय पनि सम्बन्धीत क्षेत्रको भूगोलमा खोलिएका छन । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा कानुन अनुरुप निर्वाचन गराउने अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन । यस्तै सुदुरपश्चिमका सबै जिल्लामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया