Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ असोज २२ गते शनिबार

०४८ बाट ०७९ सम्म सिफारिस हुने टिकट नपाउने भएपछि गिरिले छाडे पार्टि,  फटाहाहरुकाे चुरिफुरि समाप्त गरिदिन पुकारे भगवान ।

नेपाली कांग्रेश दार्चुलाका नेता गौरीशंकर गिरीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेश दार्चुलाका पूर्वमहाधिवेसन प्रतिनिधि एबं आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका आकांक्षि उम्मेदवार गिरीले प्रेस विज्ञप्तीमार्फत पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

पार्टीले इमानदार कार्यकर्ताको मूल्यांकन नगरेको र जिल्लामा गलत नेतृत्वका कारण लामो समयदेखि पार्टीमा काम गरेकाहरुको अवमूल्यन भएको उल्लेख गर्दै उहाँले बिचार मिल्ने फरक शक्तिसंग मिलेर राजनीतिक यात्रा अगाडी बढाउने बताउनुभएको छ । दार्चुला कांग्रेशका नेताहरुसंग चर्को असन्तुष्टि व्यक्त गर्दै उहाँले फटाहहरुको चुरिफुरी समाप्त गरिदिन भगवानसंग प्राथना समेत गर्नुभएको छ ।

कांग्रेश दार्चुलाका पूराना तथा प्रभावशाली नेता मानिने गिरीले पार्टी परित्याग गरेपछि त्यसको असर आसन्न मंसीर ४ गतेको निर्वाचनमा समेत पर्न सक्ने भन्दै विश्लेषण भइरहेको छ । विगतदेखि नै पार्टी नेतृत्वप्रति असन्तुष्ट उहाँले टिकट वितरणमा समेत अन्याय भएको भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन् । गिरि २०४८ साल बाट लगातार २०७९ साल सम्म प्रतिनिधि सभाकाे लागि जिल्ला बाट सिफारिस हुँदै आएकाे समेत उल्लेख गरेका छन ।

याे संगै गिरि नेपाली काग्रेस ( बिपि) प्रवेश गरेका छन 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>