Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असोज २२ गते शनिबार

०४८ बाट ०७९ सम्म सिफारिस हुने टिकट नपाउने भएपछि गिरिले छाडे पार्टि,  फटाहाहरुकाे चुरिफुरि समाप्त गरिदिन पुकारे भगवान ।

नेपाली कांग्रेश दार्चुलाका नेता गौरीशंकर गिरीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेश दार्चुलाका पूर्वमहाधिवेसन प्रतिनिधि एबं आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका आकांक्षि उम्मेदवार गिरीले प्रेस विज्ञप्तीमार्फत पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

पार्टीले इमानदार कार्यकर्ताको मूल्यांकन नगरेको र जिल्लामा गलत नेतृत्वका कारण लामो समयदेखि पार्टीमा काम गरेकाहरुको अवमूल्यन भएको उल्लेख गर्दै उहाँले बिचार मिल्ने फरक शक्तिसंग मिलेर राजनीतिक यात्रा अगाडी बढाउने बताउनुभएको छ । दार्चुला कांग्रेशका नेताहरुसंग चर्को असन्तुष्टि व्यक्त गर्दै उहाँले फटाहहरुको चुरिफुरी समाप्त गरिदिन भगवानसंग प्राथना समेत गर्नुभएको छ ।

कांग्रेश दार्चुलाका पूराना तथा प्रभावशाली नेता मानिने गिरीले पार्टी परित्याग गरेपछि त्यसको असर आसन्न मंसीर ४ गतेको निर्वाचनमा समेत पर्न सक्ने भन्दै विश्लेषण भइरहेको छ । विगतदेखि नै पार्टी नेतृत्वप्रति असन्तुष्ट उहाँले टिकट वितरणमा समेत अन्याय भएको भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन् । गिरि २०४८ साल बाट लगातार २०७९ साल सम्म प्रतिनिधि सभाकाे लागि जिल्ला बाट सिफारिस हुँदै आएकाे समेत उल्लेख गरेका छन ।

याे संगै गिरि नेपाली काग्रेस ( बिपि) प्रवेश गरेका छन 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>