नेकपा एमाले कञ्चनपुरका उपसचिव कर्ण बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एमाले उपसचिव चन्दले निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उमेदवारि दर्ता गराएका हुन ।
एमाले र राप्रपाविच भएको चुनावी गठबन्धन बिरुद्धमा चन्दले प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका हुन । एमाले–राप्रपाविच भएको चुनावी गठबन्धन अन्तर्गत ३(क) एमालेले राप्रपाका लागि छाडेको थियो । उक्त सिटमा राप्रपाका सुप प्रदेश अध्यक्ष धर्मराज जोशीको समेत उम्मेदवारी परेको छ । ‘पार्टी नेता कार्यकर्ताको आम भावना विपरित उक्त सिट राप्रपालाई बेचिएको छ, ‘एमाले उपसचिव चन्दले भने, ‘कम्युनिष्ट आन्दोलन जोगाउनका लागि उम्मेदवारी दर्ता गराएको छु ।’ उक्त निर्वाचन क्षेत्रबाट कर्ण चन्द ईश्वरी खरेल, हिरा चन्द सहितका नेताहरु सिफारिस भएका थिए । यस अघि ०७४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा एमाले नेता चन्दले उतिबेलामा समेत बागी उम्मेदवारी दिएका थिए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया