Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २६ गते बुधबार

डल्फिन जस्तै माया र संरक्षण पाएर विजयी हुने प्रदेशसभा उमेदवार जाेशीकाे बिश्वास

उद्याेगि ब्यावसायिहरुकाे मतबाट परिक्षण भएका पिताम्बर जाेशीले डल्फिन चुनाव चिन्ह प्राप्त गरेका छन । उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन ।

केही महिना पहिला उद्याेग वाणिज्य संघकाे अध्यक्षमा चुनाव जितेका जोशी यस क्षेत्रका सफल उद्योगीमा गनिन्छन।

प्रदेश (क) मा कांग्रेस र एमाले उम्मेदवारी दिएको छैन्। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका टेकेन्द्र भट्ट र प्रतिपक्षि गठबन्धन बाट राप्रपाका प्रदेश अध्यक्ष धर्मराज जाेशी उम्मेदवार छन् ।

सत्ता गठबन्धनमा रहेकाे  नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री प्रकाश रावलले गठबन्धन बिच मैत्रिपुर्ण प्रतिस्पर्धा गर्नेगरि चुनावी मैदानमा छन्।
त्यसैले यो क्षेत्रमा रोचक चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका जोशी काग्रेसकाे महाधिवेश प्रतिनिधकाे चुनाव समेत लडिसकेका र उम्मेदवारी फिर्ताका लागि अन्तिमसम्म कांग्रेस नेताहरुले आग्रह गर्दा पनि उमेदवारि फिर्ता नहुदा याे क्षेत्रकाे चुनाव थप राेचक भएकाे चर्चा चलेकाे छ ।

'डल्फिन सुदूरपश्चिमका कर्णालीसहितका केही नदीहरुमा मात्रै पाइन्छ, यसको संरक्षण गर्न आवश्यक छ, यो लोपोन्मुख प्रजातिको हो' उनले भने, 'मैले यो चिन्ह पाउनु एकदमै सुखद हो, मतदाताबाट मैले पनि डल्फिनझैं संरक्षण पाउनेमा विश्वस्त छु ।'

दुई दशकदेखि उद्यम व्यवसायमा सक्रिय जोशी नीजि क्षेत्रको प्रतिनिधित्व गरी प्रदेश सभा सदस्य उम्मेदवार भएका छन्। अन्य दलसितको चुनावी तालमेका कारण प्रदेश सभामा कांग्रेस र एमालेका उम्मेदवार नहुँदा आफूलाई फाइदा पुग्ने बुझाई जोशीको छ ।

बुधबार कञ्चनपुर उद्योग वाणिज्य संघमा भएको एक अनौपचारिक भेलाले पनि उनलाई सघाउने निर्णय गरेको छ। 'पदाधिकारी सम्मलित उक्त बैठकमा अध्यक्ष ज्यूलाई आआफ्नो स्थानबाट सहयोग गर्ने कुरा भएको छ,' एक पदाधिकारीले भने।                                                     क्षेत्र ३ काे प्रदेशसभा (क) मा पिताम्बर जाेशी समेत लाेक बिक्रम थापा जेब्रा, गाेपाल सिह बुडापाल पंङ्खा, दिवान मेजार आग्रि जाताे, महादेव भट्ट जिप चुनाव चिन्ह रहेका उमेदवार स्वतन्त्र बाट उमेदपार रहेका छन । जम्मा ११ जना प्रतिस्पर्धामा रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>