Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दाेधारा चादनी
२०७९ असोज २९ गते शनिबार

लालटिन पाएपछि स्वतन्त्र समुहले चाँदनिमा खाेल्याे सम्पर्क कार्यालय ।

दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवार भीम कुमालले निर्वाचन प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेका छन् ।

कञ्चनपुर ३ ‘ख’ को प्रदेश सभामा उम्मेदवारी दिए संगै दोधारा चाँदनी नगरपालिका ४ चाँदनी बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी राजनीतिक गतिबिधि बढाएका छन् ।

शनिबार चाँदनी नगरपालिका– ४ चाँदनी बजारमा बिधिवत रुपमा स्वतन्त्र समूहको सम्पर्क कार्यालयको उद्घाटन गरिएको स्वतन्त्र समुहका श्याम सुनारले जानकारी दिएका छन् । सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै उम्मेदवार भिम कुमालले कञ्चनपुर ३ ‘ख’ को समग्र बिकासको निम्ती आफ्नो उम्मेदवारी रहेको बताए ।

निर्वाचित प्रदेश सभाका सदस्यहरुको कारणनै प्रदेश सभाको खारिजीको माग उठदै गएको बताउँदै उम्मेदवार कुमालले प्रदेश सभामा राम्रा व्यक्ति गएमा प्रदेश सभालाई पनि राम्रो र जनमुखी बनाउन सकिने बताएका छन् ।

स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा मेयर, उपमेयर समेत सबै वडामा उम्मेदवार उठाएर स्वतन्त्र समूह गठन गरेको दोधारा चाँदनी नगरपालिकामा सामाजसेवीका नाममा परिचित छन् ।
कोरोना संक्रमणको बेला पिडामा रहेका समय कुमालले आफ्नै खर्चमा स्थानिय, स्थानिय सरकार, स्थानिय प्रशासन र स्वास्थ्यकर्मीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा आर्थिक लगाएत सहयोग गरेका थिए । उनले आफ्नाे फर्म बाट करिव चार हजार युवा युवतिलाई प्राबिधिक सिपकाे तालिम दिएकाे बताएका छन ।  यस पल्ट संघिय निर्वाचनमा स्वतन्त्र समुहबाट कञ्चनपुर ३ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवारकोरुपमा उम्मदेवारी दिएका छन् ।

स्थानिय निर्वाचनमा प्राप्त गरेकाे मत संख्या र जनताहरुको मायाको कारण आफुले यस पटक उम्मेदवारी दिएको कुमालले बताएका छन् । प्रतेक वडा र टाेल सम्म स्वतन्त्र समूह गठन भएर परिचालन भएका कारण आफ्नो जित पक्का भएको दाबी कुमालले गरेका छन् ।  उनले लालटिन चुनाव चिन्ह प्राप्त गरेका छन । 

उनले नेतृत्व गरेको स्वतन्त्र समुह स्थानियहरु संग भेटघाटमा व्यस्त छन् । सम्पर्क कार्यालय उद्धघाटन सत्रमा स्वतन्त्र समुहका नेता भक्त बहादुर सुनार, पार्वती सुनार, शान्ता क्षेत्री लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>