Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
२०७९ कार्तिक ०१ गते मङ्गलबार

आम चुनाब जनमत कि प्रभुको इच्छा

हरि प्रसाद बडू-                                               प्रजातन्त्रको एक अबगुणको रुपमा महँगो चुनाबी प्रक्रियालाई लिइन्छ यद्दपी आबधीक निर्वाचन प्रणाली

आधुनिक प्रजातन्त्रलाइ जीवित तुल्याउने महत्वपूर्ण प्रक्रिया हो । निर्वाचन र चुनाबलाइ एकै नभई एकै सिक्का

का दुइ पाटाको रुपमा बुझ्नु पर्दर्छर निर्वाचनले स्पष्ट संबैधानिक एबम कानुनि ब्यबस्थालाइ जनाउछ भने

चुनाबले समग्र सामाजिक माहोललाइ जनाउछ । बर्तमान संबिधानले नेपालमा प्रजातान्त्रिक संसदीय शाशन

ब्यबस्था संचालनका लागि समानुपातिक निर्वाचन प्रणाली र बहुमत नभई सबैभन्दा बढी मत ल्याउने उमेदबार

निर्वाचित हुने प्रणाली अङ्गीकार गरेको छ । बर्तमान संविधानले निर्माण गरेको व्यवस्थाले नै उत्पादन गरेको

चुनाबी प्रक्रिया सुरुवात संगै समग्र नेपालि समाज तोकिएको निर्वाचन मिति मङ्सिर ४ तर्फ डोरिदै गएको छ ।

जुन कुरा ठाउ ठाउमा सामुहिक गफ , दलीय झन्डावाल गाडीहरु गुडिरहेको अवस्था बाट देखिन सुरु गरेको छ

भने अर्को तिर प्रमुख किर्षी बालि धान भित्र्याउने चटारो पनि आम नेपालिलाइ उतिकै छ । सामान्य तया दलीय

ब्यबस्था अङ्गीकार गर्दा बागी उमेदबार हुनु असामान्य कुरा होइन तर दल भित्रै बाट अस्वाभाविक

असन्तुष्टिका बिचार प्रकट हुनु, स्वतन्त्र उमेदबारहरुमा बृद्धि हुनु , टिकट बितरणमा अस्वाभाविकता देखिनु,

दलहरु बैचारिक भन्दा पनि सत्तामुखी केन्द्रित भइ संगठित हुनु, बिपरित बिचार भएका दलहरु बिचको

बैचारिक सत्ताकेन्द्रित गठबन्धन हुनु, चुनाब चिन्ह नै अर्को दलको प्रयोग गरि उमेद्वार हुनु , व्यक्तिगत रुपमा

बिपरित देखिएका ब्यक्तिहरु चुनाबी मुखमै आएर एक्यबद्दता जनाउनुले निर्वाचन तात्वीक रुपमा

परिणाममुखी भन्दा पनि नित्य कर्म जस्तो एबम दलहरु बिचार बिहिन र दिशा बिहिन भइरहेको त छैन भन्ने

गम्भीर प्रश्न सबैका सामु देखा परेको छ ।

प्रजातान्त्रिक ब्यबस्थामा दल भनेका रक्त बाहक धमनीहरु हुन् भने निर्वाचन भनेको मुटु हो जसले पुरै

राज्यबबस्थामा रक्त संचार गरिरहेको हुन्छ । निर्वाचन प्रणालीमा के बहुमतीय प्रणाली छ ? के दलहरु आफैले

पूर्ण प्रजातान्त्रिक अभ्यास गरेका छन् ? दलहरुको आन्तरिक प्रजातान्त्रिक अभ्यास द्वारा के टिकट वितरण

भएको हो ? दलहरुको टिकट वितरणमा गुट, उपगुट, क्षेत्रबाद, कृपाबाद, नाताबाद, जातिबाद जस्ता तत्वहरु

हाबी भएका हुन् कि राज्य र जनताकालागी गरेको योगदान, यस्तै गम्भीर प्रश्न दलहरुका सामने प्रकट भएका

छन् । यस्तै प्रश्नहरुको सन्तुलन निर्माण गर्न नसक्दा दलहरु प्रतिको बिस्वासमा कमि आएको छ । दलहरुले

राजनीति भन्दा पनि सत्ता प्रधान ठान्दा स्वयम् दल हरुकै अगाडी राजनीतिक मुदा उठान गर्ने नैतिक प्रश्न

हराएर गएको छ र दलहरु प्रतिको विस्वासमा कमि आएको छ । जसबाट भर्खरै बामे सर्न लागेको

लोकतान्त्रिक गणतन्त्र माथि नै जनमानसमा धिमा प्रश्न उठिरहेका छन् । यी र यस्तै बिबिध प्रश्न हरुको उत्तर

दिन नसक्ने परिस्थिति दलका नेतृत्व सामुन्ने हुदा सत्ता मोह पाइसकेका दलहरुका नेतृत्वले माथिबाट नै

गठबन्धन निर्माण गरे । जबकी प्रजातन्त्रकै सुन्दर पक्ष भनेकै जनताबाट सत्ता बन्ने हो नकी सत्ता ले जनता

डोर्याउने । यसबाट पुनः निर्वाचित संसद पनि पुरानै प्रबृति दोहर्याउन बाध्य हुनेछ र सामानुपातिक मतको पनि

जनताको मत अनुसारको प्रतिनिधित्वमा कदर नहुदा निर्वाचन प्रक्रिया पनि जनता कुनै निश्चित समुहको सत्ता

दोहनको लागि किनाराका साक्षी बन्ने नित्य कर्म हुनेछन् । त्यसैले नेपालको प्रजातन्त्र नयाँ नयाँ ब्यबस्थाको

अभ्यासको दुष्चक्रमा फस्ने त होइन अहम प्रश्न मतदाताका सामुने रहेको छ ।

जन्मसिद्द नेपालि नागरिक भैसकेपछी उमेदवारी दिन पाउने र निर्वाचित भइ राजनीतिमा संलग्न हुन् पाउनु सबै

नागरिकको नैसर्गिक अधिकार हो , यसलाई नकार्न कुनै पनि हालतमा सकिदैन । के यति हुदाहुदै पनि स्वतन्त्र

उमेदबारको संख्यामा बृदि हुनुु राम्रो हो त ? दलीय संख्यामा पनि बिर्दी हुदा उमेदवार को संख्यामा पनि बिर्दी

हुन्छ र बहुमत भन्दा पनि बढी मत ल्याउने उमेद्वार बिजयी हुन्छ जसबाट बिजयी उमेद्वार आफ्नो गुट प्रति मात्र

जिम्मेवार बन्ने प्रबिर्ती देखा पर्दछ । यसबाट प्रजातन्त्रको उपलब्धि समग्र जनताले प्राप्त नगरी सानो समूहले मात्र

गर्दछ । प्रजातन्त्रको उपभोग गुटतन्त्र बाट हुन् पुग्दछ । के यस्तो गुटतन्त्र जुन देशभरी संगठन बिस्तार भएका

दलहरु द्वारा संचालित छन् , तिनीहरुका बिरुद्दमा केहि थान स्वतन्त्र उमेदवारहरुले गुटगत घेरा तोड्न

सम्भब छ ? दलभित्रको गुट बन्दीका कारण पछी पर्दा टिकट नपाएका रिसको झोकमा बनेका उमेदवारहरुबाट

के देश निर्माण हुने परिकल्पना गर्न सकिन्छ ? यस्ता प्रश्नहरु पनि मतदाताहरुका सामने प्रष्ट देखा परेका छन् ।

यस्तै प्रश्नहरुको उत्तरको खोजिमा मतदाताहरु रुमलिरहेका छन् ।

 

समाजको न्युनतम सांगठनिक एकाइ परिवार हो । नेपालि सामाज मजबुत पारिवारीक प्रणाली रहेको समाज

हो । पारिवारिक संरचना संयुक्त पारिवारिक प्राणाली बाट एकल प्रणाली तर्फको उन्मुखता छ । बर्तमान नेपालि

पारिवारिक निर्णय कसरि बनिरहेका छन् भन्ने कुराले मतलाइ निर्धारण गर्दछ । त्यो भन्दा पहिला अहिलेका

परिवार कुन उमेर समुहले नेतृत्व गरिरहेका छन् भन्नेकुरा ले प्रधान भूमिका खेल्छ । बर्तमानमा पारिवारिक

निर्णय गर्ने तिन समुहका युबाहरु छन् । प्रथम तह, त्यो युवा यदी ३०─४० वर्ष पार गर्दछ भने उसले घरका

जेष्ठ नागरिक एबम बाल बच्चा हरु माथि पनि निर्धारण गरि रहेको हुन्छ । यो उमेर समुहको नेपालि युवाहरु

भनेका बि स. २०३५─ ४० पछी जन्मेका हुन् भने यिनीहरुले राजनीतिक रुपमा जनयुद्द र यसले ल्याएको परिवर्तन र

युद्दले गरेका नकारात्मक प्रबिर्तिको अबलोकन गरिरहेको समूह हो । किनभने गणतन्त्र पछी छोटो समयमा नब

धनड्य बर्गको उदय भएको अबलोकन गरेका छन् । यसबाट आमजनताको जिवन शैलिमा तात्वीक भिन्नताको

महसुस गर्न पाएको छैन बरु विभिन्न सामाजिक संस्थाहरुमा दलियकरण बृद्धि हुदा राष्ट्रीय एबम सामाजिक

सस्थामा भएको भ्रष्टाचार अनियमितता मा बृद्धि भएको अबलोकन गरिरहेको छ । भने आदर्श जेल जीबन

युक्त राजनीतिक सस्कार पाएको छैन । चरम उत्तेजित गर्ने भाषण र त्यसबाट उपलब्ध नेताको जिबन शैली

देखेका छन् । सामाजिक संजालको सहज पहुचका कारण बैस्वीक चेतना पनि छ भने पुजीबादी उपभोग शैलीका

कारण बिकासका आदर्शहरु पनि फरक छन् उनिहरु अब तिब्र आर्थिक बृद्धिको पनि अपेक्ष्या राख्दछ ।

परम्परागत मान्यताहरुलाई भन्दा पनि आधुनिक जिबनशैलिको नाममा उपभोगमा जोड दिइरहेको र

उत्पादनमा बैदेशिक खुला अर्थतन्त्रबाट प्रभावित भइ रेमिटेन्सको आयमा बढी उत्तेजित र आन्तरिक उत्पादन

एबम शुद्द सरकारी जागिरबाट निर्मित आयलाइ न्युनतम आयको रुपमा लिने गर्दछ र अनियमित गरि प्राप्त

पुजीलाई पनि मान्यता दिन्छ ।

त्यसैगरी अर्को समूह भनेको २०३५─ ४० भन्दा अगाडी जन्मेका  उमेरगत हिसाबले ५० ─५५बर्षका

व्यक्तिहरुको समूह हो जुन नेपालमा ४६ सालको आन्दोलन, माओबादीको जनयुद्द एबम ६२─६३ को

आन्दोलनको प्रतक्ष्य भुक्तभोगी छ । यो समुह परम्परागत सोचको निरन्तरता देश बिकासका लागि आदर्स

चिन्तन बोकेको, पेशागत रुपमा कुनै सस्र्कारी एबम अर्धसरकारी क्षेत्रमा संलग्न वा उद्दमसिलतामा जोडिएको

आर्थिक भन्दा पनि सुशासन, नैतिकता र आर्थिक प्रगति जस्ता सामाजिक नैतिक पक्षबाट निर्धारित छन् ।

 

यो समूह आर्थिक बिर्दी संगै सम्मजिक सम्बन्धमा आएको क्षयीकरण र त्यसले सामाजमा देखिएको असर प्रति सचेत बन्दछ जबकी आर्थिक बृद्धिका नकारात्मक परिणामहरु रोक्स सक्ने स्थितिमा छैनन् ।

अर्को एउटा समूह ३५ ─३० बर्ष भन्दा कम उमेर समूहको हो जसले न त माओबादीले गरेको जनयुद्द न त

६२ ─६३ को आन्दोलनको कुनै प्रतक्ष्य अनुभब छ । यो समूह केवल देश बिकासको परिकल्पनामा मानबिय

आबस्यकता र त्यसको पूर्तिको सजिलो संयन्त्रको आबश्यकता महसुस गर्दछ । प्रबिधि एबम बैस्वीक चेतनामा

एकदमै अगाडिको यो समुह राज्य र राष्ट्रियतालाइ मानबिय आबश्यकता परिपूर्तिको साधन बाहेक केहि

ठान्दैन । उपभोगबादि प्रवृर्तिमा एकदमै उग्र छ र अरुराज्य संगको तुलनात्मकता औल्याउछ र आफ्नो स्थान

खोज्दछ  । व्यक्तिवादी प्रवृर्ती हाबी भएको यो समूह राज्यका नीति नियम द्वारा नियन्त्रित हुनुपर्छ भन्ने मान्यता

बोक्दछ सामाजिक अनौपचारिक नियमको त्यति वास्ता गर्दैन । त्यस्ता अनौपचारिक सम्बन्धको पनि स्वार्थ

केन्द्रित विस्लेषण गर्दछ र कुनै पनि कार्यको श्रेय स्वयम् लिन उद्दत हुन्छ । उग्र प्रगतिको अपेक्ष्या राख्दछ ।

यसरी निष्कर्षमा नेपालि समाज नब धनाड्य बर्गको उदय भइ राज्यका प्रतेक सामाजिक प्रशाशनिक सस्थामा

देखेको दलियकरणको प्रतक्ष्य भुक्तभोगी ३०─ ४० बर्ष उमेर समूहको बिचका युवाको बिचार, त्यो भन्दा

अगाडीको स्वतन्त्रता, सामाजिक मूल्य मान्यता, आदर्श स्वीकार गर्ने तर ब्यक्तिबादि प्रबिर्तिले सामाजिक

सम्बन्धमा हुदै गएको क्षयीकरणबाट पिडित भएका वा हुनसक्ने सम्भावना भएका ५०─ ५५ वर्ष उमेर समूहको

बिचार अर्को ३० बर्ष भन्दा मुनिको जसले राजनीतिलाइ आदर्श भन्दा पनि मानबिय आबस्यकता पूर्तिको

साधनको रुपमा लिन्छ र बैश्वीक चेतना एबम प्रबिधि बाट प्रतक्ष्य रुपमा प्रभावित भइ उग्र आर्थिक बृद्धिको

परिकल्पना गर्ने बिचार बाट ब्यबहारिक रुपमा निर्देशित देखिन्छ । पुर्बनिर्धारित परिणाम उन्मुख चुनाबी

प्रक्रियाले व्यक्तिगत रुपमा कुनै उमेदवारलाइ विजय र कसैलाई पराजय गराउला तर गतिसिल सामाजिक

ब्यबहारिक समस्या केन्द्रित बैचारिकता एकातिर र अर्कोतिर राज्यको श्रोतको परिचालन गर्ने सत्ताको प्रबिर्ती

बिपरित बिचार भएका दलहरु बिचको बैचारिक सत्ताकेन्द्रित गठबन्धनबाट हुनु, चुनाब चिन्ह नै अर्को दलको

प्रयोग गरि उमेद्वार हुनु , व्यक्तिगत रुपमा बिपरित देखिएका ब्यक्तिहरु चुनाबी मुखमै आएर एक्यबद्दता

जनाउनु स्वतन्त्र उमेदवारहरुको बिगबिगी हुनुले अब आउने सत्ता मतका आधारमा अल्पसंख्यक  (बहुदलीय

व्यबस्थाको अबगुण) को रहने र त्यसबाट नेपाली जनतालागि भन्दा पनि प्रभुको इच्छाका हुन नसकेका कार्यहरु

हुनेछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>