Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०६ गते आइतबार

देखतभुलिमा चारपाते युवा क्लवले सिवाईसि कप फुटवल आयाेजना गर्ने ।

जिल्लाको लालझाडी गाउँपालिका- ५ मा फुटबल प्रतियोगिता कार्तिक को दोस्रो साता देखि शुरु हुने भएको छ ।

” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ कार्तिक ११ गते देखि इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन हुने पाचौं आई सी वाई सी कपका संस्थापक हेमन्त रानाले बताउनु भयो।

उनका अनुसार पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल छन् उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो।

टिम दर्ता शुल्क ५ हजार ५ सय ५१ रुपैया तोकिएको छ । भने टिम दर्ता कार्तिक ९ गते सांझा ५ बजे भित्र गरि सक्नु पर्ने रानाले बताउनु भयो ।प्रतियोगिताको खेल तालिका सार्वजनिक कार्तिक १० गते साझ ५ बजे प्रकाशन गरिने छ। उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>