Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक १२ गते शनिबार

लालझाडिमा संचालित फुटवलमा २ क्लवकाे सुरुवाति अग्रता

लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिता मा दुई क्लबले सुखद सुरुवात गरेका छन् ।

उद्धघाटन पहिलो खेलमा इटाहा चारपाते युवा क्लब निलो र नवदुर्गा युवा क्लब पर्सिया बिच भएको रोमाञ्चक खेलमा इटाहा चारपाते युवा क्लब निलोले १-० गोलले नवदुर्गा लाई पराजित गर्‍यो ।
दोस्रो खेल जय लक्ष्मी एकता समाज बेलडाँडी र शान्ती युवा क्लब बेदकोट दैजी बिच भएको खेमा २-० गोलको अन्तरले जयलक्ष्मी एकता समाज लाई हराउदै आफ्नो सुखद सुरुवात गरेको छ।

” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को कार्तिक ११ गते एक कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले प्रतियोगिताको उद्धघाटन गर्नु भएको छ। कार्यक्रमका विशिष्ट अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना अतिथि वडा अध्यक्ष पहल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिता इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन भैरहेको छ। पाचौं आई सी वाई सी कपका संस्थापक हेमन्त रानाले बताउनु भयो। प्रतियोगिताका आज तिन खेल हुनेछन् । दोस्रो दिन पहिलो खेल बंक स्पोर्ट्स क्लब र शुक्लाफाँटा नगरपालिका वडा न.१२ , दोस्रो लालझाडि वडा न.५ र अमरज्योती युवा क्लब “बि” ,उक्त दिनको तेस्रो खेल मछेली युवा क्लब कृष्णपुर -२ र अमरज्योती युवा क्लब “ए” का बिच प्रतिस्पर्धात्मक खेल हुनेछन् ।

प्रतियोगिता नकाउओट आधारमा संचालन भैरहेको छ। जसमा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो। रानाले बताउनु भयो । उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>