Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
२०७८ मङि्सर २४ गते शुक्रबार

 कामलाई कहिले ठूलो सानो नभन्ने स्वभावका थिए लिङ्देन । यही परिचयले उनलाई झापामा मात्र नभई पूर्वाञ्चल भर परिचित गराएको थियो ।कुनैबेला राजेन्द्र लिङ्देन भद्रपुरबाट धनकुटा गाडी चलाउँथे । उनले गाडी किनेर जिविकोपार्जनका लागि यो काम पनि गरे ।
मीठो बोल्ने सालिन र शिष्ट स्वभावका लिङ्देनमा कहिल्यै अहंकार झल्किएन । उनी आफ्नो काम सुझबुझका साथ गर्थे । अडानबाट कहिले पछि हट्दैनथिए ।


कम्युनिस्ट आन्दोलनको केन्द्र झापामा राजावादी लिङ्देनको प्रभाव धेरैका लागि आश्चर्यलाग्दो थियो । यो उनको व्यक्तिगत जीवन र स्वभावका कारण पनि थियो । कम्युनिस्ट नेताहरु विलासी देखेका झापाका जनताले सामन्तीको ट्याग लगाइएका राजावादीमा लिङ्देनको सादा जीवन देखेर आश्चर्य मान्थे ।
तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा राजेन्द्र लिङ्देन झापा जिविसका सभापति नियुक्त भएका थिए । २०६१ सालको त्यो समयमा उनले झापाको आफ्नो क्षेत्रमा निकै विकासका काम गरे । उनी चुनौतीको सामना गर्दै विकासका लागि खटिए । यसले झापाली जनतामाझ लोकप्रीय बनायो ।
माओवादीबाट लिङ्देनले निकै चुनौतीको सामना गरे । उनको हल्दीबारीको घरमा आगजनी भयो । लिङ्देनमाथि भौतिक आक्रमण भयो । तैपनि उनी कत्ति पनि विचलित भएनन् ।
२०६२६३ को जनआन्दोलनमा उनलाई माओवादीले बिर्तामोडमा कालो मोसो दले । उनीमाथि आक्रमण भयो । घर जलाइदिएपछि बिर्तामोडमा विस्थापित भए ।
जनआन्दोलनपछि उनको जीवनमा झन् कठिन घडी आयो । जिविकोपार्जनका लागि गाडी चलाउन थाले ।
आफ्नै थालथलो सम्झिएर लिङ्देन फेरि हल्दिबारी फर्किए । त्यहाँ उनको सक्रियता फेरि बढ्यो ।
नेकपा एमालेका दिवंगत महासचिव मदन भण्डारी जन्मिएकै गाउँमा ढुङ्गेसाँघुमा २२ भदौ २०२२ मा भएको थियो । उनको बाल्यकाल भने झापामा बित्यो । पिता प्रहरीका जागिरे थिए । परिवार सामान्य नै थियो ।
लिङ्देन विद्यार्थीकालमा राजनीतिमा सक्रिय थिए । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भए । २०३६ सालको त्यो आवद्धताले उनलाई राजनीतिमा होम्यो । उनले इतिहासमा स्नातकोत्तर गरे ।

प्रतिक्रिया