प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्नाले नेकपा एमालेले सुरु गरेको विकास र समृद्धिको अभियान वर्तमान सरकारले रोकेको बताएका छन्।
अहिलेको गठबन्धन अप्राकृतिक र स्वार्थी समूहको गठजोड मात्रै भएकोले जनताले गठबन्धनलाई अस्वीकार गर्दै एमाले उम्मेदवारहरुलाई विजयी गराउने दाबी ठगुन्नाले गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला विकास निर्माणको अभियान थालनी भएकोमा भारतीय इसारामा बनेको वर्तमान सरकारले त्यसलाई अवरुद्ध गरेको ठगुन्नाको भनाई छ।
यातायात विस्तार कार्यक्रम अन्तर्गत प्रत्येक पालिका जोड्ने कालोपत्र सडक निर्माणका लागि आफू मन्त्री हुँदा लेकम गाउँपालिकासहित विभिन्न स्थानीय तहसँग सम्झौता भएपनि एमालेले सुरु गरेको भन्दै ती काम वर्तमान सरकारले अलपत्र पारेको ठगुन्नाले बताए।
प्रत्येक पालिकामा आधारभूत अस्पताल निर्माणको थालनी, सबै पालिकामा प्राविधिक शिक्षाको विस्तार, एक घर एक धारा अभियान अन्तर्गत विकट ठाउँहरुमा समेत योजना निर्माणाधिन, दुर्गम क्षेत्रमा सञ्चार विस्तार र स्तरोन्नती गर्ने काम गरिएको उनले बताए।
प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महाकाली करिडोर अन्तर्गत तिकंर सडक सेनालाई हस्तान्तरण गरेर निर्माण कार्य अघि बढाएको उनको भनाई छ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका गुल्म र बिओपी स्थापना पनि एमालेको पालामा भएको उनले दाबी गरे।
‘दार्चुलाको झण्डै चार सय बर्ग किलोमिटर अतिक्रमित भूमी नेपालको नक्सामा समेटेर स्वर्गीय प्रेमसिंह धामी र बीरबहादुर ठगुन्नाको अभियानलाई सार्थकता दिने दिशामा एमाले अघि बढेको छ,’ उनले भने, ‘विद्युतिकरणका लागि एमालेको पहलमा दार्चुलामा एक अर्ब बजेटको ठेक्का भइसकेको छ।’
तुइन उन्मुलन कार्यक्रम अन्तर्गत सीमा नदीमा विभिन्न स्थानमा पुल निर्माण सम्पन्न गरिएको उनले बताए।
नेकपा एमालेको राष्ट्रियता प्रतिको अडानले गर्दा भारतसहितका छ÷सात दल मिलेर एमालेको विरुद्धमा लागेपनि जनताले एमालेलाई बहुमत दिने ठगुन्नाको दाबी छ।
विकास र समृद्धिको अभियानसँगै राष्ट्रियताको संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रम एमालेकै नीति र कार्यक्रम अन्तरगत अगाडी बढिरहेको ठगुन्नाले बताए।
‘भारतसँग सीमाको सौदा गरेको भए एमालेको सरकार ढल्ने थिएन,’ उनले भने, ‘हामीले राष्ट्रिय स्वाभिमानको पक्षमा काम गर्दा भारतीय एजेन्डको काम गर्दै आएका कांग्रेश लगायत दललाई परिचालित गरेर स्वार्थीहरुको कम्फटेबल सरकार बनाएको छ। जनादेश विपरीत सरकार बनेपछि नयाँ जनादेशमा जाउँ भन्नु संबिधान विरोधी काम होइन।’
ठगुन्नाले प्रचण्ड र माधव नेपालले सूर्य चुनाव चिन्हबाट मत मागेर शेरबहादुर देउवाको पाउमा जनमत बिसाउने प्रयास गर्दा ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पारे।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया