Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २२ गते मङ्गलबार

डिके माथि गरिएकाे कार्वाहि सिफरिस आफैले गरे फिर्ता ।

माओवादि केन्द्रका नेता डम्बर कार्किमाथि सिफारिस गरिएकाे कार्वाहि फिर्ता भएकाे छ । माओवादी केन्द्रको भीमदत्त नगर कमिटीले चार दिन अघि नेता कार्कीलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्न सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरेको थियो ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदत्त जोशी बोक्सर सहित जिल्ला र नगर कमिटीका नेताले डम्बर सिह कार्की डिकेलाई गरिएको कारवाहीको सिफारिश खारेज गर्न दबाव दिएका थिए। प्रदेश कमिटीका सदस्य जोशी सहित सात जनाले कार्कीलाई मनोगत रुपमा कारवाही गरिएको उल्लेख गर्दै कारवाही सिफारिश फिर्ताका लागि जिल्ला कमिटीलाई दबाव दिएका हुन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक खेमराज पाण्डेयलाई संयुक्त रुपमा पत्र पठाएर उनीहरुले कार्कीलाई कारवाही खारेज र स्थानीय तह निर्वाचनमा अन्तर्घात छानबिन गरी कारवाही गर्नु पर्ने माग अघि सारेका थिए ।

माओवादी केन्द्रको भीमदत्त नगर कमिटीले कार्कीलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्न सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरेको थियो ।

कार्कीको कारवाही सिफारिश विरुद्ध प्रदेश कमिटी सदस्य जोशी सहित जिल्ला कमिटी सदस्य शंकर कुँबर, सत्ता गठबन्धनको प्रदेश सभा ३ क को मूल प्रचारप्रसार समितिका संयोजक दिपक साउँद शिखर, मूल प्रचार समितिका सदस्य दान बहादुर बम, भीमदत्त नगर कमिटीका उपाध्यक्षहरु रघुबीर धामी, तारा प्रसाद जोशी र पूर्णानन्द जोशीले संयुक्त हस्ताक्षर गरी माओवादीका जिल्ला संयोजक पाण्डेयलाई जानकारी पत्र बुझाएका थिए ।

माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, नगर अध्यक्ष अशोक चन्द र सचिव दशरथ भण्डारीले कार्तिक १३ गते कार्कीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाहीका लागि सिफारिश गरेका थिए ।

साेमबार कार्तिक २० गते प्रदेश कमिटिलाई एक पत्र लेख्दै कार्किले चुनावमा सहयाेग गर्ने र आफुहरुले पनि पत्रहरु सामाजिक संजालमा राख्नु त्रुटि भएकाे अवउपरान्त यस्ताे कार्य नदाेहर्याउने भनी प्रदेश कमिटिलाई कार्वाहि फिर्ताकाे लागि सिफारिस गरिएकाे उल्लेख छ ।

दुई दशकदेखि माओवादी केन्द्रमा सक्रिय कार्की २०७४ को स्थानीय तह निर्वाचनमा भीनपा २ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>