Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

कंचनपुर ३ प्रदेशसभा १(क)मा एक्लाे उमेदवार हु : आग्रि

कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार दिवान आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको दावि गरेका छन । मंगलबार आफ्नो निर्वाचन क्षेत्रको सचिवालयमा पत्रकार सम्मेलन गर्दै आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको दावि गरेका हुन ।

जाँतो(जाँतरो) चुनाव चिन्ह पाएका आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको र अन्य स्वतन्त्र हुँ भन्नेलाई पार्टीबाट टिकट नपाएर असन्तुष्ट हुँदै उम्मेदवार बनेको आरोप लगाए ।

‘यो निर्वाचन क्षेत्रबाट म मात्रै एक्लो उम्मेदवार हुँ, ‘उनले भने, ‘अरु पार्टीका छन, स्वतन्त्र भन्ने बागी छन ।’ अरुले आचार संहिता उलङघन गरेपनि निर्वाचन आयोगले चुपचाप बसेको बताउदै उनले आफु स्वतन्त्र उम्मेदवारले आचार संहिता अनुरुप चुनाव प्रचार प्रसार गर्दा निर्वाचन आयोगले अप्ठेरोमा पारेको बताए ।

आफु नेपाल प्रवेस गेट निर्माणको अभियन्ता भएको तर, अहिलेका दल र नेता दुरदृष्ट्रि नभएको दावि गरेका छन । एक घर एक रोजगारीको एजेण्डा अघि सारेका आग्रीलेकुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन ।

घरदैलो कार्यक्रम जारी रहेको बताउदै उनले अहिले जनता स्वतन्त्रकै पक्षमा रहेको दावि गरेका छन । पटक पटकका निर्वाचनमा उम्मेदवार बनेको बताउँदै आएका आग्रीले आफुले सदैव जनताकै पक्षमा काम गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>