Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २५ गते शुक्रबार

जस्ले चार बिगाह जग्गा दिए,जग्गा पाउनेले उनकै शालिक ताेडे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले स्व. महेन्द्र राजाले जसलाई चार चार विगाह जमिन घर घडेरी बनाउन जमिन दिए, तिनै मान्छेले महेन्द्रको सालिक तोडेर रमाईरहेको बताएका छन ।

शुक्रबार युवक संगठन भेलालाई सम्बोधन गर्दै अध्यक्ष चन्दले महेन्द्र राजाले जसलाई चार चार विगाह जमिन घर घडेरी बनाउन जमिन दिए, तिनै मान्छेले महेन्द्रको सालिक तोडेर रमाईरहेको बताएका हुन । अध्यक्ष चन्दले हिजोका दिनमा राजा महेन्द्रले स्थापना गरेको यो महेन्द्रनगर आज भीमदत्त बनाई हामीले विकास गरौँ भन्ने हरुले नै ईतिहास मेटाउने काम गरेको टिप्पणी गरेका छन ।

‘हिजोका दिनमा राजा महेन्दले ब्रमाबाट आएका बर्मिजहरुलाई चार चार विगाह जमिन गाँउमा दिए एक÷एक घडेरी महेन्द्रनगरको फ्रि लाईनमा घर बनाउन समेत जमिन दिएका राजा महेन्द्रनको आज सालिक उनैले तोडे, ‘अध्यक्ष चन्दले भने, ‘जसलाई घडेरी दियो उनले नै सालिक तोडे लागे भने विडम्बना हो ।’

अहिलेको नेताले एक सुकुमबासीलाई जमिन दिन सकेको छ, भन्दै अध्यक्ष चन्दले प्रशन गरेका छन । ‘राजा महेन्द्रले मेरो जनतालाई दुख परो भनेर ब्रमाबाट ल्याएका सुकुमबासीहरुले महेन्द्र राजाको सालिक तोडेर आज भीम्दत्त बनाएका छौँ भन्दैछन, ‘अध्यक्ष चन्दले भने, ‘यो दुखत लाग्दो कुरा हो ।’

गुरु योजना अनुरुप नगर विकासको जमिन हत्याउन नेताका आसेपासे मान्छे लागेर महेन्द्रनगर कुरुप बनाईरहेको भन्दै यो युवाका अत्यन्तै पिडा भएको बताए । ‘कुखुरा चोर नेता भएका छन । अनुहार मिलाउन फटाहरुको झुण्ड राजनीतिमा आएको छ, ‘उनले भने, ‘सत्यका लागि युवा जाग्नुको विकल्प छैन ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>