Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ कार्तिक २८ गते सोमबार

दार्चुलामा गठबन्धन एमाले बिचकाे कुटपिट यस्ताे छ, भिडयाे ।

दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन्। नौगाड गाउँपालिका– ६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको हो।

झडपमा परी नौगाड गाउँपालिका– ६ का गठबन्धनका ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘दिउँसो चुनावी प्रचारप्रसारको क्रममा गठबन्धन र एमालेका कार्यकर्ताबीच सामान्य झडप भएको हो,’ उनले भने, ‘ठगुन्नालाई सामान्य चोटपटक लागेको छ भने धामीलाई धनगढी रिफर गरिएको  छ।’

एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए।

गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्। भिडियाेhttps://youtu.be/pDbe3zI2NrU

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>