Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ११ गते आइतबार

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले नगद लाभांश बितरण गर्ने ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो । 

उक्त सभाले आर्थिक बर्ष २०७८÷७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको चुक्ता पूँजी रु.२१ अर्ब ६० करोड को ४.२१०५५ ले हुने रकम रु.९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव र बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ । आ.व. २०७८÷७९ सम्म आईपुग्दा बैंकले रु. ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै रु.१५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र  सोही अवधिमा बैंकले रु १ अर्व २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>