Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

चाेरिकाे काठ बरामद गर्न जादा वन पदाधिकारिमाथि हसिया प्रहार, घाइते अस्पताल भर्ना ।

कंचनपुरकाे  शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा अवैद्य काठ बरामद गर्न गएका कालिका सामुदायिक वनका उपाध्यक्ष रुद्रीदत्त विष्टमाथि हँसिया प्रहार भएको छ।

उनीमाथि आइतबार पिल्लरीफाँटाका स्थानीय २५ वर्षीय मिलन जप्रेलले हँसिया प्रहार गरेको सामुदायिक वनका अध्यक्ष लालबहादुर ऐरले बताए।

‘वर्षातको समयमा खोलाले बगाएर ल्याएको सालको रुख चोरी भएको थियो,’ उनले भने, ‘त्यो रुखको खाजी गर्दा जप्रेलको खेतमा गाडिएको अवस्थामा सालको गोलिया भेटायौं, खेतबाट निकाल्दा जप्रेलले उपाध्यक्षमाथि हँसिया प्रहार गरेका हुन्।’

घाइते विष्टको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा गहिरो चोट लागेको बताइएको छ।

सामुदायिक वनका उपाध्यक्षमाथि हँसिया प्रहार गर्ने जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको छ।

जप्रेलको खेतमा लुकाइएको अवस्थामा भेटिएको ३ थान सालको गोलिया र १ थान विजयसालको गोलिया बरामद गरिएको शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख दुर्गेस धामीले बताए। बरामद गरिएको काठ ४८ क्यूफिट छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>