Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ। 

सात बैंकलाई सचेत गराएको राष्ट्र बैंकले कृषि विकास बैंक र बैंक अफ काठमाण्डू (बिओके) लाई भने हर्जाना समेत लगाएको छ। 

कृषि विकास बैंकले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनको पालना नगरेको भन्दै राष्ट्र बैंकले २० लाख रूपैयाँ जरिवाना गराएको छ। 

विपन्न वर्ग कर्जामा तोकिएको सीमा अनुसार लगानी नगरेपछि बिओकेलाई दुई करोड

११ लाख रूपैयाँ जरिवाना गरेको हो। 

त्यस्तै, प्रभु, बिओके, कुमारी, प्राइम कमर्सियललगायतका बैंकहरूले राष्ट्र बैंकले रोक्का राख्न भनेको खाताहरूमा कारोबार गरेपछि प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराएको छ। 

हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकले ऋणीहरूलाई कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको कारण यी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराएको हो। केही समयअघि बैंकहरूले नियम विपरित प्रिमियम थपेर लिएको २ अर्ब रुपैयाँ बयाज फिर्ता गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको थियो।

राष्ट्र बैंकको निर्देशन अनुसार एक पटक प्रिमियम दर तोकर कर्जा जारी गरेपछि यस्तो दर परिवर्तन गर्न पाइदैन भने कुनै किसिमको डिस्काउट दिएर पछि प्रिमियम स्वतः वृद्धि हुने जस्ता योजना सञ्चालन गर्न पाउँदैनन्। 

सनराइज र मेगा बैंकले आधार दरभन्दा कममा समेत कर्जा प्रवाह गरेपछि यसमा पनि सचेत गराइएको छ। 

त्यस्तै सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा तोकिएकोभन्दा थप सुविधा दिएको कारण बैंकको सञ्चालक समितिलाई पनि सचेत गराइएको छ। 

मेगा बैंकले तीन चार वर्षदेखि कर्जाको सावा ब्याज भुक्तानी नियमित नहुँदा समेत खराब कर्जामा वर्गिकरण नगरेको, घरजग्गा कर्जा अन्तरगतको लोयल्टि फाइनान्स स्किममा नाममा जारी भएको कर्जा बक्यौता रहेका सावा ब्याज असुल गरेपछि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत र प्रमुख कर्जा अधिकृतलाई सचेत गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>