Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

बिरामि लिएर अस्पताल जाँदै गरेकाे जिप बैतडिमा दुर्घटना हुदा चालक सहित ४ जना घाईते ।

बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालक सहित ४ जना घाइते  भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षिय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षिय नरपती पातली,७० वर्षिया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षिय नरपती पातली,७० वर्षिया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा गइरहेका रहेछन् उनिहरुको अवस्था गम्भीर छ,दुइ जना सामान्य छन् ।’  घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए । बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो । जिप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले  बताएको  छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>