Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २८ गते बुधबार

काभ्रेपलान्चोक दुर्घटना १३काे परिचय खुल्याे ४ सनाखत हुन बाकि ।

काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका मध्ये १३ जनाको परिचय खुलेको छ । अरु ४ जनाको भने अझै सनाखत हुन सकेको छैन ।

हिजो साँझ काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना हुँदा ९ महिला र ८ जना पुरुष गरी १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परेर चालक ललितपुरको महाङ्काल गाउँपालिका–६ घर भई काभ्रेको पनौती बस्ने २२ वर्षका सन्तोष तिमल्सिना, बनेपा १४ का रामकुमार तामाङ, बनेपा ११ का ७९ वर्षका निर्मला तामाङ, बनेपा ८ का ११ वर्षका योगेश तामाङ, बनेपा ११ का ५० वर्षका आकुर तामाङ, उहाँका श्रीमती हेमा तामाङ, बनेपा ११ का १० वर्षका पुस्कर तामाङ, २५ वर्षका कोपिला तामाङ, उहाँको ६ वर्षका छोरी श्रेयाको मृत्यु भएको छ । यस्तै मण्डनदेउपुर नगरपालिका १ का ३७ वर्षका चेली तामाङ, धुलिखेल ११ का ३० वर्षका बुद्ध तामाङ, बेथानचोक ५ का ३२ वर्षका मञ्जु तामाङ र बनेपा १४ का गीता श्रेष्ठको मृत्यु भएको छ । बाँकी ४ जनाको परिचय खुल्न बाँकी छ ।

सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले दुर्घटना भएको आधा घण्टा भित्रै घाइतेको उद्धार गरेका थिए । घाइते मध्ये एकजनाको धुलिखेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि काठमाडौका विभिन्न अस्पतालमा रेफर गरिएको छ । अन्य घाइतेको धुलिखेल अस्पताल र बनेपाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>