बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन। पुर्चौडी नगरपालिका–७ सुइलेकमा सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन्।
बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको उक्त जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
उनका अनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका–७ अठ्पालीकी ४५ वर्षीया हर्कादेवी धामी, २० वर्षीया सचिन धामी, वडा नं. ८ की ५० वर्षीया मैनादेवि बोहरा, वडा नं.४ की ४८ वर्षीया लालीदेवि कार्की, ५२ वर्षीया धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका–२ का ५५ वर्षीय बिष्णु भट्ट रहेका छन्।
घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया