Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दार्चुला
२०७९ पुष ०४ गते सोमबार

भारतसंग लड्नका लागि हतियार आवश्यक छ : मल्ल ।

भाेजराज जाेशी - नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दार्चुला इन्चार्ज भरत मल्लले भारतसँग लडनका लागि हतियार आवश्यक भएको बताएका छन्।

सोमबार दार्चुला सदरमुकामको प्रदर्शनपछि आयोजित कोणसभामा उनले सशस्त्र प्रहरी र सेनासँग हतियार भएको र सीमाको रक्षा गर्न नसक्ने भए ती हतियार आफूहरुलाई दिन आग्रह गरे।

भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

भारत विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै इन्चार्ज मल्लले भने, ‘यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाका मित्रहरु हुनुहुन्छ, सीमाको रक्षा गर्न सक्नु हुन्न भने हतियार हामीलाई दिनुहोस्, हामी रक्षा गर्छौ।’

उनले ‘तपाईंहरुले समातिरहेको हतियारले तपाईहरुलाई नै गिज्याँइरहेको छ भन्दै ब्यङग्य गरे। मल्लले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई एमसीसी र भारतको दलालको संज्ञा दिएका छन्।

‘यही देशमा बलभद्र कुँवर, अमरसिंह थापा र भक्ति थापा  मरेर पनि बाचिरहेका छन्,’ उनले भने, ‘तर, केही व्यक्तिहरु बाचेर पनि मरिरहेका छन्, त्यसैले नै भनिन्छ शेरबहादुर देउवा, प्रचण्ड, एमसीसी र भारतको दलाल।’

भारतले मिचेकाे भुमि फिर्ता गर्नुपर्ने, महाकालिमा भारतले लगाएकाे तटबन्ध भत्काउने भनेर गरेकाे सहमति अनुसार काम नगरेकाे, नेपालिलाई झुटा मुद्दा लगाएकाे बिषय लिएर दार्चलामा बिराेध कार्यक्रम गरेकाे थियाे । भिडियाे


#सिमा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>