सुदूरपश्चिम प्रदेश स्थित धनगढी उपमहानगरपालिका कैलाली उप मेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा गौरिगंगा नगरपालिका कैलालीलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै धनगढी राष्ट्रिय लिगका लागि छनोट हुन सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे मैदानमा धनगढीको जितमा सीमा रावत, चन्द्रा भण्डारी, रेविका पाण्डे र सरस्वती रोकायाले गोल गरिन् । खेलको आठौं मिनेटमा सीमा रावतको गोलबाट धनगढीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफको सुरुमै ४६औं मिनेटमा रेविका पाण्डेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारिन् । ६९औं मिनेटमा रेविका पाण्डेले गोल गर्दै धनगढीलाई ३–० ले अघि बढाइन् । ८८औं मिनेटमा सरस्वती रोकायाले गोल गर्दै धनगढीको फराकिलो जित पक्का गर्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
अब धनगढीले उपाधिका लागि ललितपुर महानगरपालिका ललितपुरसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । ललितपुरले शुक्रबारै कन्काई नगरपालिका झापालाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गर्नुका साथै राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको छ ।
ललितपुरको जितमा कप्तान निर्मला विकले एकमात्र गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो । कन्काईका लागि दिपा शाहीले दुवै हाफमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दा कन्काई अभागी सावित भएको थियो ।
प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया