प्र.ना.नि. पुष्प राज जोशी -
पृष्ठभूमिः मानिस जन्मेपछि घिस्रदै अगाडि बढ्दै गर्दा करिब एक(डेढ वर्षदेखि हिड्न, दौडिन सुरु गर्छ । विस्तारै घरको हिंडाइ घर बाहिर निस्कन्छ र सडकमा पुग्छ । हामी सबै कुनै न कुनै रुपमा सडक प्रयोगकर्ता र पैदलयात्री बन्न पुग्छौँ । संसारमा पैदलयात्री नभएको मानिस कोही छैन, सबै कुनै न कुनै समयमा पैदलयात्री बनेका छौँ र बन्छौँ । पैदलयात्रीले सडकमा यात्रा गर्दा उपलब्ध सडकमा कसरी सुरक्षित यात्रा गर्ने, सडक आवागमनमा कसरी अवरोध नहुने गरी सडकको प्रयोग गर्ने र कसरी सडक पार गर्ने भन्ने सम्बन्धमा सबैले जानकारी राख्नु र त्यसलाई व्यवहारमा प्रयोग प्रयोग गर्नुपर्छ । भन्दा सामान्य लाग्ने सडक पार गर्ने नियमहरु (रोकिनु, हेर्नु, सुन्नु र जानु) का बारेमा पनि धेरैलाई जानकारी नभएको र जानकारी भएकाहरुले पनि व्यवहारमा प्रयोग नगरेको देखिएको छ । यसै कारण सडकमा पैदलयात्रीको दैनिक जसो मृत्यु भई रहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आर्थिक वर्ष २०७८÷०७९ कोे तथ्याङ्क अनुसार सुदुर पश्चिम प्रदेशका ९ जिल्लामा ६९३ वटा सवारी साधन सडक दुर्घटनामा संलग्न भई कुल ५०१वटा सडक दुर्घटना भएकोमा ९.५% पैदलयात्रीको गल्तीका कारण सडक दुर्घटना भएको देखिन्छ । पैदलयात्रीलाई सवारीले छुना साथ या त मृत्युनै हुने नभए पनि गम्भीर घाईते हुने निश्चय भएकोले सडक सबैका लागि काल बनिरहेको र पैदलयात्रीका लागि त झन् महाकाल नै बन्दै गएको छ भन्दा अत्यूक्ति नहोला । तसर्थ सडक पार गर्ने नियमहरुको जानकारी लिनु र सोहि बमोजिम सडक पार गर्नु अहिलेको अपरिहार्यता हो ।
कानुनी व्यवस्थाः
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १३२ मा जेब्रा क्रसिङ्गमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो चौबाटोमा ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा चालकले आफूले चलाइरहेको सवारी उचित समयसम्म रोक्नु पर्ने कुरा उल्लेख भएको छ । दफा १३६ मा मानिस हिंड्ने पेटी भएको सडकमा मानिसहरु सो पेटीबाट नै हिड्नु पर्छ र पेटी नभएको सडकमा हिंड्दा सडकको किनारा च्यापी हिड्ने गर्नुपर्छ भनी उल्लेख भएको छ ।
पेटी नभएको सडकमा बायाँ किनारा भन्दा दाहिने किनारालाई सुरक्षित मानिन्छ । त्यसै गरी दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नु पर्ने भनी पैदल हिड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, सव–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नु पर्छ भनी उल्लेख भएकोले सरकारले, सडक व्यवस्थापनको जिम्मेवार निकायले पैदलयात्रीलाई बाटो काट्नका निमित्त कानुनको मर्म बमोजिम जेब्रा क्रसिङ्ग, सव–वे, ओभरहेड ब्रीज र ट्राफिक बत्तिको व्यवस्था गर्नु पर्ने अनिवार्य देखिन्छ ।
कानूनले पैदलयात्रीलाई तोकिएको ठाउँबाट मात्र बाटो काट्ने भनि निर्देश गर्ने तर सरकार तथा व्यवस्थापकले बाटो काट्ने सुरक्षित स्थानको व्यवस्था नगर्नुले त हलो अड्काएर गोरु चुट्ने, हात खुट्टा बाँधेर पौडिन लगाउने जस्तै भएन र ? पैदलयात्रीलाई सडक पार गर्नु पर्ने पर्ने आवश्यकता छ , बाध्यता छ तर सुरक्षित स्थान छैनन् भने त सडक अनुशासन कहाँ कायम हुन सक्छ, सडक विस्तारै भद्रगोल, अराजक बनिहाल्छ नि । तसर्थ सर्वप्रथम पैदलयात्रीको सुरक्षामा सरकारको ध्यान जानु र सहि व्यवस्थापन हुनुपर्छ अनि मात्र नियम कानूनको कार्यान्वयन हुन सक्छ ।
सुरक्षित सडक पार गर्ने पूर्वाधारहरुः
(ख) सव–वे र ओभरहेड ब्रीज
सवारी आवागमनलाईकत्ति पनि अवरोध नहुने र पैदलयात्रीले सुरक्षित भएर सडक पार गर्ने उपयुक्त स्थान हुन सव वे र ओभरहेड ब्रीज । जमिन मुनिबाट सडक पार गर्ने व्यवस्था भएकोमा सव वे र जमिन माथीबाट सडक पार गर्ने व्यवस्था भएकोमा ओभरहेड ब्रीज भन्ने गरीन्छ ।
हेर्दा केही खर्चिलो देखिए पनि सुरक्षित सडक पार गर्ने पहिलो विकल्प यिनै हुन् र एकपटक बनाएपछि वर्षौसम्म प्रयोेग गर्न सकिने पूर्वाधार हुन सव–वे र ओभरहेड ब्रीज । पैदलयात्रीलाई सडकमा अल्पायूमा मर्न नदिन सरकारले बढी ट्राफिक हुने सडक र हाई वे मा सव वे र ओभरहेड ब्रीज बनाउने कार्यलाई प्राथमिकतामा राखी सुरुआत गरि हाल्नु पर्छ । सडकको चौडाई क्षेत्र बढ्न सक्ने सम्भावना भएमा तत्कालको लागि फलामको पूर्वाधार तयार गरेर पनि वषौँ सम्म चल्ने सुरक्षित ओभरहेड ब्रीज बनाउन सकिने सफल उदाहरण काठमाण्डौ, पोखरा, झापा र चितवनको रत्ननगरमा पनि देखिई सकेको छ । यसैलाई निरन्तरता दिएर पनि तत्कालै सडक पार गर्ने कार्यलाई सुरक्षित बनाउन सकिन्छ र बनाउनु पर्छ ।
यस्ता कुनै पूर्वाधार नभएको अवस्थामा सडक पार गर्दा यथासम्भव ट्राफिक प्रहरी भएको स्थानबाट प्रहरीको सहयोगमा र त्यो अवस्था पनि नभएमा सडकको दुवैैतिर कम्तीमा पनि २५÷३० मिटर स्पष्ट देखिने सिधा सडकबाट मात्र आफ्नो सुरक्षालाई ख्याल गरेर सडक पार गर्नुपर्छ ।
निष्कर्षः
हाम्रो देशमा सडक यात्रालाई सुरक्षित बनाउने कुरा प्रायः कुनै पनि सरकारको प्राथमिकतामा परेन, विकास र सम्मृृद्धि झल्किने त्यस्ता सुरक्षाका उपायहरुको जडान र प्रयोगको अवस्था निराशाजनक रहेको छ ।
संयुक्त राष्ट्र संघले सन् २०३० सम्म सडक दुर्घटना र सोबाट हुने क्षतिलाई आधा गर्ने भन्ने अभियान सञ्चालन गरे पनि नेपालमा त्यस सम्बन्धी अपेक्षित कार्यहरु सुरु हुन सकेका छैनन् । सवारी चालक र पैदलयात्रीलाई गाइड गर्ने ट्राफिक चिन्ह र सडक रेखाहरुको अवस्था सडकमा दयनीय छ, व्यवस्थापनको पाटो पनि कमजोर छ । सडक पिच हुन्छ तर सडक रेखाहरु पोतिदैनन्, पूरै सडकमा जेब्रा क्रसिङ्ग बन्दैनन्, कहीँ जेब्रा क्रसिङ्गबाटै राइट टर्न र यूटर्न दिने गरेको, भिरालोमा जेब्रा क्रसिङ्ग भएको पनि देखिएको छ, अनि कसरी सुरक्षित हुन्छ सडक यात्रा ? तसर्थ सरकारले मौजुदा सडकलाई सुरक्षित बनाउने कार्यलाई प्राथमिकतामा राखी तत्कालै अध्ययन सुरु गर्नुपर्छ र प्राथमिकताका साथ सडक फर्निचरहरुको व्यवस्था गरी सडकलाई मर्यादित र सुरक्षित बनाउनेतर्फ आजैबाट लाग्नु पर्छ । आम सडक प्रयोगकर्ताहरुले पनि सडकमा भएका सुरक्षाका पूर्वाधारहरुको सही प्रयोग र हिफाजत गर्नुपर्छ, ऐन नियम र व्यवस्थापनको पुर्णरुपमा पालना गर्नु पर्छ । केही पर पुग्दा ओभरहेड ब्रीज, सववे वा जेब्रा क्रसिङ्ग भेटिन्छ भने आफ्नो सुरक्षाका खातिर त्यहाँ सम्म हिड्न कञ्जुस्याई गर्नु हुँदैन र जहाँबाट पायो त्यहिबाट सडक पार गर्नु हुँदैन । सडक सार्वजनिक हो र सबैले उपभोग गर्नुपर्छ भन्ने मानसिकता राखी सडक प्रयोगकर्ताहरू सबैले सबैलाई सुरक्षित र सहज आवागमन व्यवस्थापनमा सहयोग गर्नुपर्छ । लेखक ट्राफिक कार्यालय बाजुरामा कार्यरत हुनुहुन्छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया