बझाङबाट महेन्द्रनगरतर्फ आइरहेको पवनदुत यातायातको सुपप्र ०२००१ख १२४६ नम्बरको बस चुरे गाउँपालिका–३ को टेडी बजारस्थित एक पसलमा ठोक्किएको छ।
काठ र टिनले छाएको स्थानीय नवलकिशोर शाहको खुद्रा पसलमा बस ठोक्किदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–६ की २३ वर्षीया प्रिया धामी र उनकी ४ वर्षीया छोरी मेनुका धामी घाइते भएका छन्।
प्रियाको आँखामा र उनकी छोरीको पेटमा चोट लागेको छ। उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार अन्य यात्रु भने सकुशल रहेका छन्।
पसल भने पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। बस चालक कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने ३२ वर्षीय नरेन्द्र बोहरा फरार छन्। तीव्र गतिमा गुडिरहेको बस अनियन्त्रित भएर पसलमा ठोक्किएको प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया