Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २२ गते शुक्रबार

बिधुतकाे सामाग्री ढुवानी गर्न गएकाे हेलिकप्टर दुर्घटना, उद्धार हुँदै

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठका अनुसार घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ। दुर्घटना संखुवासभाको भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो। अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो।

दुई जनाले हामफालेर ज्यान जोगाए

हेलिकोप्टरमा क्याप्टेन सुरेन्द्र पौडेलसहित टिम मेम्बर छिरिङ भोटे, स्थानीय भविन गुरुङ र विक्रम (थर नखुलेको) स्थानीय सवार थिए। भोटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएको स्थानीयले बताए। उनीहरुलाई सामान्य चोटपटक लागेको छ।

पौडेलसहित गम्भीर घाइते तीन जनालाई नेपाली सेनाले सिम्रिक एयरको हेलिकोप्टरले उद्दार गरेर काठमाडौं ल्याउन थालेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>