Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ पुष ०९ गते शुक्रबार

दाेधारा चाँदनीमा बालसंजाल लाई अभिमुखिकरण ।

दोधारा चाँदनीमा बाल संजाललाई अभिमुखिकरण कार्यक्रम संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाको आयोजनामा नगर स्तरिय २ दिने बाल संजाललाई अभिमुखिकरण कार्यक्रम संचालन भएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर पन्त लेखकले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच बाल संजाललाई अभिमुखिकरण कार्यक्रमको उद्धघाटन गरिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत संयोजक भानदेब भट्ट, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर पन्त लेखक लगाए त बिद्यार्थी, वडा सदस्य तथा शिक्षक प्रतिनिधीको बाक्लो उपस्थिती रहेको थियो । नगरपालिका स्तरीय बाल संजालको पुनर्गठन तथा बाल अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम भोली सम्म चल्ने बताईएको छ् । दोधारा चाँदनीका माध्यमिक तहका ७ वटा बिद्यालयका बिद्यार्थी तथा शिक्षक प्रतिनिधीको सहभागिता रहेको छ् । कार्यक्रममा मन्तव्य राख्दै दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरीले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागी नगरपालिका प्रयासरत रहेको बताएका छन् । बालबालिकाले ल्याएका योजनाहरुलाई नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै आफ्ना अधिकार का लागि बालबालिका आफैले पनि आवाज उठाउनु पर्ने उपप्रमुख गिरीको भनाई रहेको छ् । अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भान देब भट्ट, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर पन्त लेखक लगाएतले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>