Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
काठमाडौं
२०७८ पुष ०९ गते शुक्रबार

माओवादि केन्द्र र मसाल सम्पर्क केन्द्र बिच एकता सम्पन्न ।

नेकपा माओवादी केन्द्र र नेकपा मसाल(सम्र्पक) केन्द्रविच पाटी एकिकरण भएको छ । 

शुक्रबार एक कार्यक्रमका विच माओवादी केन्द्र र मसाल(सम्पर्क)केन्द्रविच पाटी एकिकरण भएको हो । 

काठमाण्डौँमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मसाल सम्पर्क केन्द्र  संयोजक लोकेन्द्र लम्सालले पार्टी एकिकरण पत्रका हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन । मसाल सम्पर्क केन्द्र  का संयोजक राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका नेता एव केही समय अघि पाटीबाट बिद्रोह गरि प्रदेश अध्यक्ष भएका थिए । 

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन । 

दुवै पार्टीविच राष्ट्रिय मुद्दा, क्रान्तिकारी कम्यूनिष्ट आन्दोलन विकास बारे समानता रहेको जनाउँदै बाँकी राष्ट्रिय सम्मेलनबाट वैज्ञानिक निष्कर्षहरु संश्लेषण गरिने सहमती गरेका छन । 

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन । 

कम्यूनिष्ट आन्दोलनभित्र पर्ने दक्षिणपन्थी विर्सजनवाद जडसुत्रवाद सबैखालका अवसरवादको अन्त्य गर्दै कम्यूनिष्ट आन्दोलनलाई थप उचाईमा पु¥याउने, टुटफुटमा रहेको कम्यूनिष्ट आन्दोलन एकतामा जाने, विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन । पार्टी एकता घोषणा पत्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डोर्याउने प्रतिबद्धता जाहेर गरिएको छ । मसाल सम्पर्क केन्द्र र माओवादीविचको एकतासंगै देशभरीबाट मसाल सम्पर्क केन्द्रका नेता कार्यकर्ता आजैका मितिदेखि पार्टी एकिकरण आएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>