Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
काठमाडौं
२०७८ पुष ०९ गते शुक्रबार

माओवादिमा पदाधिकारि के के पद हुने ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् । शुक्रवार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए । उक्त प्रस्तावमाथि शनिबार बस्ने बैठकमा कुन पदमा कति संख्या भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने ती सदस्यको भनाइ छ । 
पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक होला भन्ने अध्यक्षको प्रस्ताव आएको छ । त्यसबारे शनिबार छलफल गरेर निर्णयमा पुगिन्छ’, ती सदस्यले रातोपाटीसँग भने, ‘निर्णय भैसकेको छैन ।’  उनका अनुसार प्रचण्डले बैठकमा वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ’, ती सदस्यको भनाई छ ।  
यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि कति संख्यामा भन्ने खुलाएको थिएन । त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन । नेताहरुको व्यवस्थापन गर्न चुनौति देखिएपछि वरिष्ठ उपाध्यक्षको पद पनि सिर्जना गर्न लागेको नेताहरुको भनाई छ ।
 बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको बुझिएको छ । पुस ११ देखि १३ सम्म सो पार्टीले  राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमार्फत विधानमा गरिने सो व्यवस्थाको अनुमोदन गर्ने माओवादीको तयारी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>