Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० असोज १६ गते मङ्गलबार

कञ्चनपुरको पुनर्वासकी एक महिलाको हत्या गर्ने चार युवक डेबबढ महिनापछि पक्राउ परेका छन । पुनर्वास नगरपालिका ३ आईबिआरडीकी २७ बर्षिया लक्ष्मी घर्तीको हत्या गर्ने चार युवक अढाई महिनापछि पक्राउ परेका हुन । 

३० साउन ०८० बिहान आईबिआरडी बजारदेखि ‘घ’ गाँउ जाने सडक क्षेत्रमा घर्ती फेला परेकी थिईन । मृत फेला परेकी लक्ष्मीको हत्या भएको भन्दै घर परिवारले प्रहरीलाई किटानी दिएको थियो । 

२९ साउन साँझ ५ः३० बजेतिर लक्ष्मी घरदेखि मामा घर जान्छु भन्दै हिडेकी थिईन । मामा घर जाँन्छु भन्दै घरदेखि हिडेकी लक्ष्मी भोलीपल्टै मृत फेला परेकी थिईन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लक्ष्मीको हत्या संलग्न भएको आरोपमा चार युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले घटनामा रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको बताए । एसपी थापाका अनुसार लक्ष्मी र बेलौरी नगरपालिका १ सरोज रानासंग सम्बन्ध रहेको बताए । उनीहरुविच चिनजानकै सम्बन्धमा आधारमा सोही दिन लालझाडी जंगलमा मचान हेर्नका लागि गएको र त्यहाँ मदिराले विवाद हुँदा युवाहरुले तेस्रो तलाबाट खसाएर घाईते बनाएको बताए । 

घाईते भएकी लक्ष्मीको उपचारको साटो घरनजिकै ल्याएर फ्याकेपछि लक्ष्मीको मृत्यु भएको बताए । सुरज रानासंगै बेलौरी १ बस्ने १९का राहुल राना, लालझाडी १ नौरङ्ग बस्ने ३३ सेनराज राना र नौरङ्गाकै पर्शुराना पक्राउ गरिएको छ । राज कुमार राना पक्राउ गर्न बाँकी रहेको छ । ‘जंगली हात्ती रेखदेख गर्नका लागि मचानमा मदिरा सेवन गरेर उनीहरुविच विवाद भएको देखिन्छ, ‘एसपी थापाले भने, ‘आपसी विवादकै कारण ति युवकहरुले महिलालाई माथिबाट खसालिदिए ।’ घटनामा संलग्न राज कुमार रानाको खोजि भईरहेको छ । १४ असोजमा पक्राउ परेका चारै जनालाई आदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाईएको छ । उनीहरु बिरुद्धमा कर्तव्य ज्यान अन्र्तरगत मुद्दा दायर गरिएको छ । लक्ष्मीमाथि सामुहिक बलात्कार भएको आशंका गरिएको छ, तर प्रहरीले उक्त विषयमा अनुसन्धान जारी रहेको जनाएको छ । घटनाको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज हेमराज भट्ट नेतृत्वमा अनुसन्धान भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक एव सुचना अधिकारी पुष्करराज पन्तले उक्त घटनामा थप अनुसन्धान हुने र केही तथ्यमाथि अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>