प्रहरीका लागि दाउरा ल्याउन गएका कञ्चनपुरका एक युवकको मृत्यु भएको छ । कञ्चनपुरको बागफाँटा प्रहरी चौकीका लागि दाउरा ल्याउन गएका स्थानीय सन्तोष विष्टको मृत्यु भएको हो । बाँगफाँटा प्रहरी चौकीले चिसोमा दाउराका लागि भन्दै शुक्लाफाँटा निकुञ्जबाट दाउरा ल्याउनका लागि स्थानीयको भुवन धामीको टेक्टर लगेको थियो । दाउरा ल्याउने क्रममा टेक्टरबाट खसेर स्थानीय ३२ बर्षिया सन्तोष विष्टको मृत्यु भएको छ । आइतबार राती विष्टको मृत्यु भएपनि प्रहरीले मृत्युको कारण नदिएको भन्दै पीडित पक्षले शंकास्पद भएको आशंका गरेका छन । प्रहरीले आफ्ना काममा दाउरा ल्याउन जनतालाई लगेर मारेको पीडित पक्षको आरोप छ । मृतक विष्टकी दिदि धनमती कुँवरले प्रहरीले निकुञ्जबाट दाउराका नाममा काठ ओर्सानका लागि प्रयोग गरेको बताईन ।
‘मेरो भाईलाई प्रहरीले काठ बोक्नका लागि लगेको हो, ‘उनले भनिन, ‘अहिले प्रहरीले न्याय दिनका लागि आनाकानी गरिरहेको छ ।’ मृतक विष्टका साला बिमल विष्टले प्रहरीले न्याय नदिएपछि सडकमा आएर आन्दोलन गर्न बाध्य भएको बताए । ‘प्रहरीले पहिलो दिन न्याय दिने आशा देखायो, दोस्रो दिन बेवास्ता राख्यो, ‘उनले भने, ‘बाध्य भएर राजमार्गमा आएर आन्दोलिन भएका छौँ ।’ स्थानीयले टायर बालेर पुर्वपश्चिम महेन्द्र राजमार्गका अवरोध गरेपनि प्रहरीले केही समयपछि सडक खोलेको थियो । प्रहरीले सडक खोलेपछि आन्दोलनमा उत्रिएका मृतकका आफन्तले सडक छेउछाउमै प्रहरीको बिरोध गरेको थियो । मृतकका भतिज प्रकास विष्टले प्रहरीकै कारण काकाको मृत्यु भएको र प्रहरीले न्याय दिने विषयमा वेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलित हुनु परेको बताए । स्थानीय एव आफन्त गोबिन्द भण्डारीले प्रहरीकै काममा गएका विष्टको प्रहरीले नै जिम्मा दिनुपर्ने बताए । उनले यदी घटना स्थलमै मृत्यु भएको भए किन ? अस्पता लग्यो । प्रहरीले नै घटना ढाकछोप गरेर थप संकास्पद बनाईरहेको उनले बताए । मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतकको शव आफन्तले बुझेका छैनन ।
प्रहरीकै काममा गएका टेक्टर धनीलाई उल्टै गाल परेको छ । आफु प्रहरी हिरासतमा बस्नुपर्ने र टेक्टर समेत प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरी चौकी इन्चार्ज गणेश चन्द सहितका तीन प्रहरी र चालक निन्त्रणमा छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टेक्टरबाट खसेरै विष्टको मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक लाल बहादुर बमले घटना बारे थप अनुसन्धान भईरहेको बताए । उनले मृतक पक्षसंग वार्ताका लागि समन्वय भईरहेको बताए । प्रहरीले मृतक पक्षसंग वार्ताका लागि समन्वय भईरहेको बताएपनि प्रहरीले घटनामा गम्भिरता नदेखाएकाले बाध्य भएर सडकको बाटो रोजेको बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया