Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८१ जेठ १३ गते आइतबार

यातायात कर्मिलाई माईति नेपालकाे तालिम

माइति नेपाल कञ्चनपुरले आज मानब बेचविखन तथा ओसारपसार बिरुद्ध यातायातकर्मीलाई प्रशिक्षण दिएको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको उल्लेख्य भुमिका हुने कुरालाई मध्यनजर गर्दै यातायातकर्मीलाई प्रशिक्षण दिईएको माइति नेपाल कञ्चनपुरले जनाएको छ ।
देशका विभिन्न स्थानबाट यस जिल्लाका नाकाहरु हुदैं भारतका  विभिन्न शहरहरु लगायत तेस्रो मुलुकसम्म नेपाली महिला तथा बालबालिकाको ओसारपसार एवं बेचबिखन हुने गरेको तथ्यहरु सामुन्ने आएपछि माइती नेपालले यातायातकर्मीहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रशिक्षण दिनंदै र अन्तरक्रिया गरेको हो ।
कञ्चनपुर जिल्लाको मुख्य सिमा नाका गड्डाचौकी हुदैं भारतिय शहरहरु दिल्ली, देहरादुन, हरिद्धार लगायत स्थानिय क्षेत्रमा दैनिक रुपमा सञ्चालन हुने बस/अटोका चालक, सहचालक तथा परिचालकलाई समेटी प्रशिक्षण दिईएको हो ।
  यातायात साधनको  प्रयोग बिना ओसारपसार सम्भव छैन । यो तथ्यलाई नकार्न पनि सकिदैन । चाहे त्यो निजी सवारी साधन होस् वा सार्वजनिक नै किन नहोस् । प्रथम चरणमा सहभागीहरुलाई मानव बेचबिखन भनेको के हो ? ओसारपसार भनेको के हो ? यिनीहरु बिचको भिन्नता र सम्बन्ध अनि नेपालको कानुनमा रहेको दण्ड सजाय सम्बन्धी व्यवस्थाका बारेमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सहभागीले के कसरी सहयोग गर्न सक्छन भन्ने बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा अधिकांश सहभागिले यो अघि आफुहरु यस बारेमा अनभिज्ञ रहेको र आगामि दिनमा यस्ता गतिविधि प्रति सचेत रहने प्रतिबद्धता जनाए ।
फ्रशिक्षणकै क्रममा राय सल्लाह दिने त्रममा महाकाली यातायातका चालक दिपक राज पन्तले भने– हामी यातायात व्यवसायीले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनु पहिलो दायित्व हो । याक्राका त्रममा कोही जोखिममा रहेका महिला, बालबालिका लगायत अन्य यात्रुहरुले यातायातका साधनहरु प्रयोग गरी सिमा पार गरिरहेको अवस्थामा शंकाका आधारमा सम्बन्धीत निकायसम्म पुर्‍याउन माइती नेपालसंग समन्वय र सहकार्य गरिरहेका छौ । माइती नेपालले अघि सारेको विषय अत्यन्त गम्भीर भएकोले यस प्रति यातायातकर्मी संवेदनशील हुदै आगामी दिनहरुमा पनि सहकार्यलाई निरन्तरता दिनेछौ । सम्पुर्ण यातायातकर्मीहरु मानव बेचबिखन विरुद्धको नीति नियमबारे पुर्णरुपमा अवगत नभएको हुदां यातायातकर्मीहरुलाई यस्तो कार्यक्रम ल्याएकोमा माइती नेपाललाई धन्यवाद दिदैं आगामि दिनमा पनि माइती नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
पवनदुत यातायातका चालक पुष्पराज जोशी–“माइती नेपालले हामी यातायातकर्मीलाई समेटेर यस्तो महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै सार्वजनिक यातायातका साधन प्रयोग गरि यात्रा गर्ने सबै यात्रुहरु कहांबाट यात्रा सुरु गरि कहांसम्मको यात्रा तय गर्ने र यात्रा सहज कसरी गराउने भन्ने विषयलाई नियाल्ने क्रममा कुनै यात्रु माथि शंका उब्जिएमा सोको व्यवस्थापनका लागि सम्बन्धीत निकायलाई खबर गर्ने क्रममा माइती नेपाललाई खबर गर्ने कुरा व्यक्त गर्नुभयो ।”
अटो यातायातका चालक रघु नाथ– “मानव बेचबिखन विरुद्ध अहोरात्र खटि सर्हानिय काम गर्दै आएको सम्मानित संस्था माइति नेपाललाई धन्यवाद दिदैं हाम्रो यातायातका साधन प्रयोग गरि कुनै पनि छोरीचेली मित्र राष्ट्र भारतमा गएर नबेचिउन, कुनै पनि हिंसामा नपरुन् भन्ने चाहना हो । हाम्रा छोरीचेलीहरु नरकीय जीवनको यात्रा तय गर्न नपरोस् भनि हामी बिच पनि समय समयमा सरसल्लाह छलफल भइरहेको हुन्छ । आजको यस कार्यक्रममा माइती नेपालले हामीलाई निमन्त्रणा गरेर दुई चार कुरा सिक्ने मौका दिएकोमा म माइती नेपाललाई धन्यवाद दिन चाहन्छु । यस कार्यक्रम पश्चात् हामी यातायातकर्मी साथीहरुमा अझ जिम्मेवारी थपिएको बोध भएको छ । यदि कुनै शंकास्पद गतिविधिको यात्रु फेला परेमा हामी सहकार्य गर्दै आएका छौ र आगामि दिनमा पनि सहकार्य गर्नेछौ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>