मैले आफनो आमा गुमाएको ५ वर्ष भयो, अहिले पनि लाग्छ की उहाँ हामीसंगै हुनुहुन्छ, कहिँ बाहिर जानु भएको छ फर्किएर आउनु हुन्छ, आमा वितेको केही महिनामा सामान किन्दा आमालाई पनि लैजाउ है भन्ने, तर आमा आफुसंग हुनुहुन्न, कस्तो भने, भुल्न नसकीने यादहरु हरेक पल हरेक क्षण आमा संग विताएका पलहरु सबै मानसपटलमा रुमल्लि रहन्छन् ।
एक लेखकले त्यसैले क्या खुब सुन्दर भने, भगवान चारैतिर आउन सक्दैनन्, त्यसैले भगवानले आमा पठाए । भगवान खोज्न मन्दिर जानु पर्दैन। आमाको चरण ढोगे पुग्छ । धर्म गर्न कुनै दान गर्न पर्दैन, आमालाई खुसी राखे पुग्छ । चार धाम, सबै ताीर्थ आमामै गएर समाहित भएका छन । तेत्तीसकोटी देवताको सारा शक्ति आमाकै आशिर्वादबाट प्राप्त हुन्छ । हामीले पुज्ने नवदुर्गा भवानी नै आमाको रूप हो । आमाको चरण स्पर्शबाटै स्वर्गको द्वार खुल्दछ। आमालाई गरिने सम्मान, माया नै हरेक संकटको मोचन हो ।
आमाको आशिर्वाद छ भने सब थोक छ । अहिले पनि अरुले आफनो आमालाई आमा भन्दा कस्तो आफुलाई मनबाटै भक्कानो फुटेर आउँछ, अहिले पनि गलत बाटो हिँडेको अवस्थामा ए बाबु त्यो बाटो गलत हो त्यो बाटोमा गयो भने, दुख पाईन्छ, नजाउ त्यो बाटोमा भन्ने आमा, सहि र गलत बाटो छुट्याउन नसकने म, आमाले नै सही बाटो देखाउने, जिवनमा सफलता दिने ज्ञान, सुझाव दिने आमा, आफनो जिवनको खुसीको प्रवाह नगरी आफना सन्तान प्रतीको अथाह माया, उनिहरुको खुसीको लागी आफनो खुसीलाई भुल्ने आमा, जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ । आफ्ना सन्तानप्रतिको अपार माया देख्दा यस्तो लाग्छ, मिल्थ्यो भने आमाले यतिसम्म गर्थिन्, कालसँग सन्तानको सट्टा आफैँ जान्थिन् । आमाले आफ्ना सन्तानलाई गर्ने माया र स्नेहलाई लेखेर या कुनै शब्दको माध्यमबाट व्यक्त गरेर खुलाउन सकिँदैन । आमाको माया आफ्ना सन्तानप्रति अनुत्तरित हो, विशाल हो । आमाले गर्ने मायाभन्दा ब्रह्माण्डको आकार पनि सुक्ष्म हो । सायद आमाले दिएको यही स्नेहले गर्दा होला, कतै चोट पर्दा पनि आमा नै उच्चारण आउँछ । खुट्टामा काँडाले घोच्दा होस् या कुनै पीडामा हुँदा होस् एक सन्तानले आमाकै नाम जप्छ । त्यसैले आमा एक आमा मात्र होइनन्, ईश्वरीय रुप हुन् । यति हुँदा हुँदै आमाको आँखामा आँसु छ भने जिन्दगी भयावहपूर्ण छ । कुनै सन्तानले आफ्नो कारणले आँसु दिलायो भने त्यो सन्तानले रगतको आँसुको सामना गर्नुपर्दछ । ९ महिना बोकेको भारीको अक्षम्य पाप लाग्दछ । दश धारा दूधको श्राप लाग्दछ । आमालाई पीडा र दुःखमा होम्ने सन्तानले परलोकमा पाइला टेक्न समेत ठाउँ पाउँदैन । जसले हामीलाई यो धर्तीमा ल्यायो आज हामी उनैलाई भुलिरहेका छौँ । आफू भोकै बसेर भोक छैन भनेको सायद सन्तानले बिर्से होलान् । त्यो बेला आमाको काख जस्तो स्वर्गीय आनन्द कतै लाग्दैन थियो । आज त्यो काख बिझाउने सिस्नोजस्तै बनेको छ । बाल्यकालमा त्यही आवाज मधुर लाग्थ्यो, आज बूढेसकालमा त्यहि आवाज कर्कस लाग्न थालेछ । आफ्नो सन्तानको हासो र खुसीमा मात्र सुख देख्न पाउने आमा आज त्यही खुसी देख्न पनि पाउँदिनन् । बाल्यकालमा सन्तानलाई काँडाले छुँदा आमाको दिलमा घाउ बस्थ्यो । तर आज सन्तानका वचनले आमाको दिलमा घाउ बनाएका छन् । हिजो सन्तानका लागि दुःखको पहाड बनाएकी आमा आज सन्तानका लागि बोझ बनिरहेकी छन् । बाल्यकालमा आमाले आफ्ना सन्तानलाई केही नहोस् भनेर रेखदेखमा २४ सै घण्टा स्याहार्थिन् । तर आज आमाका लागि सन्तानलाई १ घण्टा निकाल्न पनि हम्मेहम्मे पर्छ । सन्तानलाई नै आफ्नो सर्वस्व संसार ठानेर बसेकी आमाको सन्तानमा पखेटा पलाउने बित्तिकै संसार नै उजाड लाग्दछ । हामीलाई जिन्दगी दिने आमालाई बूढेसकालमा माया दिन सकेनौँ भने, हामी बाच्नुको औचित्य पनि रहँदैन । आमालाई देखेपछि यस्तो लागोस् कि जसले हामीलाई हाम्रो जीवन दिइन्, एक दिन यो जीवन उनैको नाममा अर्पण गर्न पाइयोस् । यो सौभाग्य एक दम कम भाग्यमानीले मात्र पाउँछन् । आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्तिकारको सलाम छ । आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो । जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ ।
लेखक- सुजित रमेश सिनाल (पत्रकार )
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया