Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १९ गते शनिबार

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रृखला

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन आदर्श रामलिला नाट्य श्रृखला सुरु भएको छ् । दोधारा चाादनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा रात्रीकालिन रामलिला नाट्य श्रृखला सुरु भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नेकपा केन्द्रका नेता मान बहादुर सुनारले सयुक्तरुपमा आदर्श रामलिला नाट्य श्रृखलाको विधिवतरुपमा उद्धघाटन गर्नुभएको छ् ।
 भगवान रामको चरित्रमा आधारित नाट्य श्रृखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बिश्वास व्यक्त गर्नुभएको छ् । आदर्श रामलिला नाट्य श्रृखलाले साँस्कृतिक सामाजिक गतिविधी र आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने उहाँको भनाई रहेको छ् । धर्म, सुसंस्कृतिको संरक्षणका लागि दोधारा चाँदनी नगरपालिकामा राललीला संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् । 
 आदर्श रामलिला नाट्य श्रृखला उद्धघाटन सत्रमा शुदुरश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले रामलिला नाट्य श्रृखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा, समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको बताउनुभयो । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत आदर्श रामलिला नाट्य श्रृखलाले सहयोग पुग्ने उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयमा २०३२ साल देखि रामलिला संचालन हुदै आएको छ् । तत्कालिन नेकपा माओबादी र सरकार बिचको द्धन्द्ध र कोरोना संक्रमणको कारण बिचको वर्षहरुमा रामलिला नाट्य श्रंखलाले निरन्तरता पाउन सकेन् । 
दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले समाजमा भाईचाराको भावना जागृत गराउने बताउनुभएको छ् । असत्यमा सत्यको जितलाई दोधारा चाँदनीबासीले बिगतका दिनहरुमा उक्त नाटक मञ्चनलाई परम्परागत पर्वकै रुपमा मनाउदै आएको वडाध्यक्ष बहेक क्षेत्रको भनाई रहेको छ् । साँस्कृतिक/सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने बक्ताहरुले विश्वास व्यक्त गरेका छन् । समाजमा आपसी बेमेलको अवस्था सृजना भईरहेको अवस्थामा रामलिला नाट्य श्रंखलाले समाजमा भाईचाराको भावना जागृत गराउने आयोजक संस्था आदर्श रामलिला व्यवस्थापन समिति दोधारा चाँदनीले विश्वास लिएको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालन हुदै आएको रात्रीकालिन रामलिला नाट्य श्रृखला अबद्यी भाषामा संचालन गरिदै आएको रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले जानकारी दिनुभएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>