बैतडीमा एक महिला माथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । जिल्लाको सिगास गाउँपालिकामा गत साउन महिनामा देवर नाता पर्नेले भाउजुमाथि करणी गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, २४ वर्षीया महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता गराएकी छन् । प्रहरीका अनुसार सिगास गाउँपालिकाकी ती महिलालाई गत असार १७ गते राति २६ वर्षीय अर्जनसिंह धामीले जबरजस्ती करणी गरेका थिए ।
महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । उनलाई हाल पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।
जाहेरी दर्तापछि घटनामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनका अनुसार आरोपित धामी भने फरार रहेका छन् । प्रहरीका अनुसार बलात्कारपछि महिलाको ६ महिनाको गर्भ रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया