बैतडीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । बिहिबार बिहान जिल्लाको पाटन नगरपालिका-८ स्थित आरुबाटा भीरमा बेवारीसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।
बिहीबार बिहान विद्यार्थीहरुले उक्त भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीचौकी खोड्पेबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । शव भीरमा रहेकाले निकाल्न सकिएको छैन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको छ । उक्त शव कसको हो भन्ने कुरा अहिले सम्म खुल्न नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया