बाजुरास्थित प्रसिद्ध तीर्थस्थल बडिमालिका मन्दिरबाट फर्कने क्रममा लडेर दुई श्रद्धालुको मृत्यु भएको छ।
शुक्रवार साँझ बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। मन्दिर दर्शन गरेर फर्किँदै गर्दा उनी करिब २५० मिटर तल खसेका थिए।
यसअघि बिहीवार राति पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको पनि लडेर मृत्यु भएको थियो। हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका ओझा करिब ७०० मिटर तल खसेका थिए। तीर्थयात्रामा उनी आफ्नै परिवारका पाँच सदस्यसँग गएका थिए।
बडिमालिका मन्दिरबाट करिब एक घण्टाको दूरीमा रहेको वाटोवाट फर्किने क्रममा दुवै घटना भएको प्रहरीले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया