Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २४ गते शनिबार

बडिमालिका वाट फर्किने क्रममा अर्का यात्रुको लडेर मृत्यु

बाजुरास्थित प्रसिद्ध तीर्थस्थल बडिमालिका मन्दिरबाट फर्कने क्रममा लडेर दुई श्रद्धालुको मृत्यु भएको छ।

शुक्रवार साँझ बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। मन्दिर दर्शन गरेर फर्किँदै गर्दा उनी करिब २५० मिटर तल खसेका थिए।

यसअघि बिहीवार राति पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको पनि लडेर मृत्यु भएको थियो। हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका ओझा करिब ७०० मिटर तल खसेका थिए। तीर्थयात्रामा उनी आफ्नै परिवारका पाँच सदस्यसँग गएका थिए।

बडिमालिका मन्दिरबाट करिब एक घण्टाको दूरीमा रहेको वाटोवाट फर्किने क्रममा दुवै घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>