Samriddhipost
२०८२ भदौ १९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १७ गते मङ्गलबार

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको १५औं अधिवेशनमा दुई प्यानल बीच प्रतिस्पर्धा हुँदै

पुष्पराज अवस्थीले आफ्नो प्यानल घोषणा गरेका छन् । सोमबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा अवस्थी नेतृत्वको प्यानल घोषणा गरिएको हो । अवस्थीको प्यानलमा बरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्षमा यज्ञ राज बैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा गोरेसिंह ऐर र सह–कोषाध्यक्षमा चित्र कार्की रहेका छन् ।

 

अध्यक्ष पदका उम्मेदवार अवस्थीले साना व्यवसायीलाई समेट्ने, निर्माण व्यवसायीका साझा समस्या पहिचान गरी समाधान गर्ने, भुक्तानी समस्या हल गर्ने, प्रविधिमैत्री संस्था विकास गर्ने र नेतृत्वमा दोहोरोपनको अन्त्य गर्ने जस्ता एजेण्डा अघि सारेका छन् । पुर्व उपाध्यक्ष समेत रहेका अवस्थी यसअघि अध्यक्षमा पराजित भएका थिए ।

 

यसपटक भने उनले “आफूले विगतको अनुभव र ज्ञानलाई आधार बनाएर आम व्यवसायीका हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका“ छन् । उनले संघमा अझै करिब साढे तीन सय व्यवसायी आबद्ध नभएको उल्लेख गर्दै आफ्नो नेतृत्वमा निर्वाचित भए ती सबैलाई समावेश गर्ने बताए ।

 

महासचिवका उम्मेदवार देवीदत्त भट्टले पनि साना र संघबाहिर रहेका व्यवसायीलाई जोडेर अघि बढ्ने योजना प्रस्तुत गरेका छन् । अवस्थी प्यानललाई अधिकाँश साना व्यवसायीले समर्थन जनाएका छन् । यसैबीच, कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेशसिंह रावलले अवस्थी नेतृत्वको प्यानल समावेसी र व्यवसायिक हकहितमा उन्मुख रहेको भन्दै सहयोगका लागि व्यवसायीहरुलाई अपिल गरेका छन् । पत्रकार सम्मेलनमा कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका पुर्व अध्यक्ष सुरेश सिह रावलले अवस्थी नेतृत्वको प्यानल व्यवसायिक भएकोले सहयोगका लागि आग्रह गरे । 

 

एक हप्ता अघि घोषणा गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरको निरन्जन प्रशाद भट्टको प्यानलमा बरिष्ठ उपाध्यक्ष देब बहादुर चन्द, उपाध्यक्ष दिपक भट्ट, महासचिव योगेन्द्र ठगुराठी, सचिव ब्रिज किशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सहसचिव हेम बहादुर महराको पदाधिकारी प्यानल घोषणा गरिएको थियो ।

 

प्यानल घोषणा गर्दैै निरन्जन प्रशाद भट्टले आफ्नो प्यानल वर्तमान सत्ता गठनबन्धन(काँग्रेस, एमाले) निकट विचार राख्ने युवा निर्माण व्यवसायी रहेको बताएका थिए । उनले आफ्नो अधिल्लो कार्यकालमा आम व्यवसायीहरुका क्षेत्रमा काम गर्दै आएको मुल्याङकन गर्दै अहिले फेरी नेतृत्वमा आउन चाहेको बताएका थिए । आउँदो निर्वाचनमा अवस्थी र भट्टका बिच प्रतिशप्रधा हुने भएको छ । दुवै पक्षले आफ्ना दाबीहरु गरेका छन् । निर्माण व्याबसायी संघको निर्वाचनमा दुई सय अन्ठानब्बे मतदाता रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>