Samriddhipost
२०८२ माघ १७ गते शनिबार
ट्रेन्डिङ
२०७८ माघ १९ गते बुधबार

भाले नहुँदा घडियाल सङ्कटमा, किन भाले अभाव भयाे।

घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ ।
घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउँछन् । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उनले भने, “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उहाँले जनाउनुभयो ।
“भाले नलागेका अन्डा बतासे हुन्छन्, त्यसबाट बच्चा कोरल्न सकिँदैन,” विज्ञ खड्का भन्छन्, “भालेकै अभावमा अघिल्लो वर्ष घडियाल प्रजनन केन्द्रमै तीन सय अन्डा बतासे भएर फाल्नु परेको थियो ।” नदी किनारका बालुवामा भएका गोहीका गुँडमै भेटिने अन्डा पनि नकोरली बतासे हुनुमा भाले नलागेकै प्रमुख कारण भएको उनको निष्कर्ष छ ।
विज्ञका अनुसार घडियालमा भाले पोथी छुट्टयाउने आधार भनेकै गोहीको ठुँडोमा हुने घडीजस्तो बनावट हो । त्यो भएको भाले र नभएको पोथी हुन्छ । गोहीको भाले वा पोथी जन्म गोहीको अन्डा रहेको गुँडको तापक्रममा भर पर्छ । “गोहीले बालुवामा गुँड बनाउँछ, त्यो गुँडको तापक्रम ३० देखि ३२ डिग्री भयो भने भाले जन्मने सम्भावना बढी हुन्छ,” घडियाल प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत रहेका खड्का भन्छन्, “सामान्य अवस्थामा तापक्रमको सन्तुलन नमिल्दा पनि भालेको जन्म कम भएको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>