Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०७ गते सोमबार

पत्रकारहरूले आगो लगाउन मिल्छ ? प्रदेश सभा सदस्यको आरोप सत्य हो ?
प्रदेश सभा सदस्य बिष्ट उद्घाटन सत्रमा दियो बालेर उद्घाटन गर्दै

सुदूरपश्चिम प्रदेश सभाका सदस्य, पूर्व संविधानसभा सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्ट कञ्चनपुरको क्षेत्र नम्बर १ बेलौरीमा बस्नुहुन्छ। उहाँले शनिबार अनलाइन पत्रकार सङ्घको अधिवेशन बेलौरीमा बोल्दै भन्नुभयो जेन्जीहरू केही दुई चारजना पत्रकारहरू आगो तयार आफू नभएको भए यहाँ आगो लगाउँथे भन्नुभयो।
यो विषयले समाजको पहरेदार, सञ्चारको संवाहक पत्रकारिता जगत माथि प्रश्न उठेको छ के पत्रकार पनि केहीजना मिलेर आगो लगाउन तयार थिए ? 
पत्रकारले यसरी आगो लगाउन मिल्छ वा आगो लगाउनको लागि उस्काउन र आगो लगाउने काममा संलग्न हुन मिल्छ ? 
सञ्चार कर्ममा लागेका मानिसहरू पत्रकारितामा लागेका मानिसहरूले आफ्नो पेशागत धर्म बाहेक यस्ता अपराधिक काममा संलग्न हुनुहुँदैन हुने कल्पना गर्न सकिदैन । यदि कोही यस्तो कर्ममा संलग्न थिए भने ती कानुन अनुसार सजायका भागीदार हुन्। यसरी कोही सहभागी हुँदै थिए भने देख्ने र रोक्ने माननीयले को को थिए भनेर बताउन सक्नुपर्छ र तिनलाई कारबाही हुनुपर्दछ।
होइन यस्तो थिएन होइन भने माननीयले यो गम्भीर आरोप किन लगाए ? यसको जवाफ माननीयले दिनुपर्छ पत्रकारिता जगतको  छाता साझा संस्था पत्रकार महासंघले छानबिन गर्न पहल गर्नुपर्दछ।
पत्रकारहरू माथि यसरी प्रश्न खडा भइरहने र पत्रकारहरुले जवाफ दिन नसक्ने वा गलत गरेको भए कारबाहीको भागीदार नहुने हो भने पत्रकारहरूको द्वैध चरित्र चरित्र हो।
यस्तो द्वैध चरित्रले समाजलाई दिशा निर्देश गर्न सकिँदैन समाजले चरित्रको विश्वास गर्दैन। विश्वासमा टिकेको यो पेशालाई सबैले सम्मान गर्ने पेशालाई समाजमा हेरेर घृणाका दृष्टिले हेर्ने दिन आइसकेको मान्न सकिन्छ ।
पत्रकारका पेशाको नाममा यदि कोही फरक मानिस थिए भने समाजले जान्नु आवश्यक छ।

सदस्य बिष्टले बोलेको भिडियो तल हेर्न सक्नुहुन्छ

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>