Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ फागुन ०७ गते शनिबार

नेपालमा पाइने अति संकटापन्न सालकबारे थाहा पाउनै पर्ने ७ कुराहरू

 नेपालमा पाइने अति संकटापन्न सालकबारे तपाईले थाहा पाउनै पर्ने सात कुराहरू। 

 

सालक के हो ?

सालक रातको समयमा सक्रिय रहने लजालु स्वभावको स्तनधारी प्राणी हो । अति संकटापन्न रहेको यस प्रजातिको शरीर खबटाले ढाकेको हुन्छ ।

 

सालक कति प्रजातिका छन् ?

विश्वमा ८ प्रजातिका सालकहरु पाइन्छन् । ती मध्ये नेपालमा भने कालो सालक (Chinese Pangolin) र तामे सालक (Indian Pangolin) गरी दुई प्रजातिका भेटिएका छन् ।

 

सालकले के खान्छ ?

अधिकांश समय दुलोभित्र बिताउने सालकको मुख्य आहारा कमिला र धमिरा हो । एक बर्षमा यसले करिब ७ करोड कमिला र धमिरा खाने अनुमान गरिन्छ ।

 

सालक किन महत्वपूर्ण छ ?

सालकले माटोको उर्वरता बढाउने, कमिला, धमिरा खाने, पारिस्थितिकीय प्रणालीलाई सन्तुलनमा राख्न सहयोग पुऱ्याउने काम गर्छ । अझ हामीले थाहा नपाएका अरु महत्व पनि होलान् ।

 

सालक किन लोप हुँदै छ ?

वासस्थान विनाश र अवैध चोरी शिकारका कारण सालक संकटमा छ । यो विश्वमै सबैभन्दा धेरै चोरी शिकार हुने स्तनधारी प्राणी हो ।

 

सालकलाई हानी पुऱ्याउनेलाई के सजाय हुन्छ ?

सालक नेपालको संरक्षित जनावर हो । यसको चोरी शिकार, व्यापार वा हानी हुने कुनै कार्य गरेमा पाँच देखि दश लाख सम्म जरिवाना वा ५ देखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्छ ।

 

सालक संरक्षणमा तपाईं कसरी सहयोग गर्न सक्नुहुन्छ ?

• वासस्थान नोक्सान हुने कुनै काम नगरेर

• चोरी शिकारी र अन्य घटनाबारे प्रहरीलाई खबर गरेर

● संरक्षण कार्यक्रम र अभियानलाई सहयोग गरेर


#वन्यजन्तु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>