Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १२ गते बिहिबार

ईजराईल र दक्षिण काेरियाले थप क्षेत्रमा कामदार लग्ने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्।
इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ। हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ। यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रमिक गइरहेको कोरियामा समेत थप नेपालीलाई पठाउने तयारी भएको छ । कोरियाले वर्षको ६ महिना काम गर्ने गरी त्यहाँको कृषि क्षेत्रमा नेपाली कामदार माग गरेपछि नेपालले त्यसका लागि गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसैगरी विगत दुई वर्षदेखि रोकिएको कोरियाको उडानसमेत सुचारु भएको छ । मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो । दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँको ग्रामीण क्षेत्रमा ३ देखि ५ महिनाका लागि मौसमी कामदारको रूपमा विदेशी नागरिक ल्याउने नयाँ नियम हालै जारी गरेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>