Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

नयाँ सालमा नयाँ घर प्रबेश गराउने सबैकाे लक्ष्य

पुष्कर राज जाेशी - नयाँ साल ०७९ मा हलिया र सुकुम्बासी हरुलाइ नयाँ घर प्रबेश गराउने सराेकार बाला सबैकाे लक्ष्य रहेकाे छ । 
बर्षाै देखि जग्गा तथा घरबास नभएका हलिया र सुकुम्बासीहरुलाइ संधिय, प्रदेश, स्थानिय सरकार, संघिय संसद र ह्याबिट्याटकाे सहयाेगमा घरहरु बनिरहेका छन ।
बेतकाेट नगरपालिका ५ धरमपुरमा रहेका लक्षित ८४ परिवारलाई सराेकारबालाकाे सहयाेगमा घर निर्माण भैरहेका हुन । 
लकडाउन र काेभिडका कारण घरहरु निर्माणमा ढिलाई भएकाे र यहि ०७८ चैत्र मसान्त सम्म निर्माण गरि सक्ने ठेकेदार कम्पनिका सुशील शाहले बताएका छन । अहिले सम्म बेतकाेट नगरपालिकाले ५, संघिय संसद नरबहादुर धामि संसद बिकास काेष बाट ८ र ह्याबिटेटकाे सहयाेगमा जम्मा १८ घर बनेर घर हस्तान्तरण भएका छन । भने प्रदेश सरकार र ह्याबिटेटकाे सहयाेगमा २५ घर निर्माणकाे अन्तिम अन्तिम चरणमा रहेका छन , यी घरहरु यहि चैत्र मसान्तमा सम्पन्न गरि नया बर्षमा नया घर प्रबेश गराउने सराेकार बालाकाे लक्ष्य रहेकाे वडा ५ का अध्यक्ष गणेश बिकले समृद्धि पाेष्ट लाई बताएका छन । 
बुधबार प्रदेश कृर्षि सहकारि मन्त्री बिनिता चाैधरि, बेेतकाेट  नगरप्रमुख अशाेक चन्द लगायतले अनुगमन गर्दै मसान्त भित्र  यी घरहरु निर्माण सम्पन्न गराउने र थप रहेका ४१ घरहरु पनि मिलेर बनाउने बताएका छन ।
बेतकाेट मेयर चन्दले ४१ मध्ये २१ वटा घरहरु ह्याबिटेट र नगरपालिका मिलेर सम्पन्न गर्ने र बाकि २० घर प्रदेश सरकार संग बनाउन अनुराेध समेत गरेका छन । मंन्त्रिले बचेका २० घरबनाउन आवश्यक पहल गर्ने बताएका छन ।

प्रतिक्रिया