Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
बैतडी
नवीन जाेशी नवीन जाेशी
२०७९ जेठ २४ गते मङ्गलबार

बैतडि जिल्ला समन्वय समितिमा गठबन्धन बिजयी ।

जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा )माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा  नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । 

मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी भए । कुँवरले १० मत प्राप्त गर्दा  प्रतिस्पर्धी एमालेका हेमा भट्टले आठ मत प्राप्त गरिन् । उपप्रमुखका दुई मत बदर भएको थियो । 

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली काँग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादीका प्रेमसिंह भाट विजयी भएका छन् । तीन महिला सदस्यमा नेपाली काँग्रेसका दुई  नेपाली तथा माओवादीका एक सदस्य विजयी भए ।  एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया