Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

लोसपा नेपाल शक्ति र सामर्थ्य सहित चुनावी प्रतिस्पर्धामा छ : उम्मेदवार तिवारी

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुरका उम्मेदवार चुनावी प्रचार-प्रसारमा होमिएका छन ।
प्रत्यक्ष तर्फका उम्मेदवार संगै समानुपातिक उम्मेदवार चुनावी अभियानमा होमिएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यमा रामकिसन राना र प्रदेश सभा १ (ख) तर्फ बुझाउना चौधरीले उम्मेदवारी दिएका छन ।, निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा लोकराज भट्ट, प्रदेश सभा २ (क) मा जगन्नाथ केसी (ख) मा लक्ष्मी देवी डंगौराले उम्मेदवारी दिएका छन। निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा अम्बा दत्त तिवारीले उम्मेदवारी दिएका छन। कन्चनपुर बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक उम्मेदवार प्रेमवती राना, प्रदेश सभा सदस्यमा समानुपातिक तर्फ उम्मेदवार मनिषा भट्ट रेग्मी र विमला पनेरू निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा खटिएका छन ।
लोसपा नेपाल कन्चनपुर का पार्टी प्रवक्ता तिवारीले यस पटक शक्ति र सामर्थ्य सहित समानुपातिक मत समेत बृद्धि गर्ने हिसाबले चुनाव प्रचार प्रसारमा होमिएको बताएका छन ।

प्रतिक्रिया