Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक १४ गते सोमबार

कंचनपुर काग्रेसका १५ जना कार्वाहिमा यस्ताे छ शुचि ।

नेपाली कांग्रेस कञ्चनपुरले १५ जना नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

कांग्रेसका आधिकारिक तथा समर्थन गरेका गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेता तथा तिनका समथर्क र प्रस्तावकलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। 

कारबाही गरिएकामा भीमदत्त नगरपालिकाका दिपक बहादुर सिंह, शारदा चन्द, गिरीराज पाण्डेय (कृष्णपुर), नारायण बोहरा (बेदकोट), वीर बहादुर बोहरा (शुक्लाफाँटा) रहेका छन्। 

यसैगरि दिल्लीराज पनेरु (शुक्लाफाँटा), जगदीश अवस्थी (शुक्लाफाँटा), दुर्गादत्त पाण्डेय (भीनपा), मदन दमाइ (भीनपा), धनबहादुर शाही (दोधारा चाँदनी), पीताम्बर जोशी (भीनपा), खेम चौधरी (कृष्णपुर), मोतीराम राना (शुक्लाफाँटा), संजिवसिंह राना (शुक्लाफाँटा) र जगत सायर (पुनर्वास) रहेका छन्। 

कांग्रेस कञ्चनपुरको अनुशासन समितिका संयोजक नाफुसिंह साउदले सोमबार विज्ञप्ती जारी गर्दै पार्टीको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको बताए।

प्रतिक्रिया