Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक १५ गते मङ्गलबार

सिह आजदेखि दाेधारा चाँदनी नगरपालिका घरदैलोमा जाने, सिहकाे कार्यक्रममा युवाकाे सहभागिता बढदाे ।

कंचनपुर निर्वाचन क्षेत्र ३ प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारि दिएका दिपक बहादुर सिह आजदेखि दाेधारा चाँदनी नगरपालिका क्षेत्रका प्रचारप्रसारमा जाने उनकाे सचिवालयका सुरेन्द्र सुनारले बताए ।

सिहले उमेदवारि दिएयता क्षेत्र भित्र पर्ने भिमदत्त नगरपालिका सबै १९ वडा र बेतकाेट नगरपालिका ८ गरि २० वडामा एकपटककाे घरदैलाे र भेटघाट गरेका छन । अधिकाँस जसाे वडामा सम्पर्क कार्यालय समेत खाेलेका छन ।

सिहकाे सचिवालयका अनुसार महाकालि वारिकाे भेटघाट एक पटक भएपछि दाेधारा चाँदनी नगरपालिकाका सबै दशै वडामा भेटघाट र घरदैलाे गर्न जाने त्यसपछि खुला कार्यक्रममा सहभागी हुने सिहकाे सचिवालयले जनाएकाे छ । पछिल्लाे समय सिहकाे  भेटघाट तथा सम्पर्क कार्यालय खाेल्दा युवाँहरुकाे सहभागि संङ्ख्या बढेकाे देखिन्छ ।

प्रतिक्रिया