Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
डडेल्धुरा
२०७९ कार्तिक १७ गते बिहिबार

स्वेच्छाचारीता,निरंकुश कदम र संविधान मास्ने प्रतिगामी कदमको विरुद्धमा गठबन्धन: देउवा, डडेलधुरा ४ दिन बस्दा यस्ताे कार्यक्रम ।


संयुक्त वाम-लोकतान्त्रिक गठबंधन डडेल्धुराको आयोजनामा डडेल्धुरा सदरमुकामको बसपार्कमा चुनावि आमसभा सम्पन्न भएको छ । बिहीबार डडेल्धुराको सदरमुकाममा सम्पन्न चुनावी कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा लगायत गठबन्धनका नेता तथा उम्मेदवारहरुले सम्बोधन गरेका हुन् ।

संयुक्त लोकतान्त्रिक- बाम गठबन्धनले आयोजना गरेक उक्त चुनावी कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाले गठबन्धनका साझा उम्मेदवारको पक्षमा भोट माग्दै राजनीतिमा स्थाइ शत्रु र स्थाइ मित्र नहुने बताउँदै केपि ओलिको स्वेच्छाचारीता,निरंकुश कदम र संविधान मास्ने प्रतिगामी कदमको विरुद्धमा संबिधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक-बाम गठबन्धन बनेको बताए। यो गठबन्धन संबिधान,लोकतन्त्रको रक्षा अनि आर्थिक समृद्धि र समग्र विकासको लागि बनेका ले अझै १५ /१६ बर्षसम्म कायम रहने बताए। पश्चिम सेती पञ्चेश्वर,डडेल्धुरा बागबजार सडक चौडा,डडेल्धुरामा मेडिकल कलेज जस्ता ठुला आयोजना बर्तमान सरकारले अगाडी बढाइसकेको पनि बताए।

यी आयोजना बनाउन सरकारले बजेट समेत बिनियोजन गरिसकेकोले समयमै आयोजनाहरु बनिसक्ने बताएका छन। कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका स्थाइ समिति सदस्य तथा प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट ,प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार गोबिन्दराज बोहरा,राष्ट्रिय सभा सदस्य जगत पार्की,कांग्रेस केन्द्रिय सदस्य डाक्टर आर्जु राणा (देउवा),एकीकृत समाजवादी कि नेत्री निरा जैरु राष्ट्रिय जनमोर्चा का नेता नन्दराज भट्ट लगाएतका नेताहरुले सम्बोधन गर्दै गठबन्धनका सम्पुर्ण उम्मेद्बारहरुलाइ बिजयी गराउन अपिल गरेका थिए ।

यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराका संयोजक भीम बहादुर साउद ले जानकारी दिय ।

यसैगरी १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहरा लगायत गठवन्धनका नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ।
https://youtu.be/5d-kGeOPlLM

प्रतिक्रिया